कोरोना भाइरस नेपाल: थप ५७ जनामा कोभिड-१९ पुष्टि, सङ्क्रमितको कुल सङ्ख्या १९१ पुग्यो

शेयर गर्नुहोस्

नेपालमा एकै दिन सबैभन्दा बढी ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

मङ्गलवार दिउँसो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार काठमाण्डूमा गरिएको परीक्षणमा ती सङ्क्रमण पुष्टि भएको हो।

अब नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १९१ पुगेको छ।

मन्त्रालयका अनुसार पर्सा जिल्लाका ३९ जना, रूपन्देही जिल्लाका नौ जना, कपिलवस्तु जिल्लाका आठ जना र बाराका एक जनामा कोभिड-१९ देखिएको हो।

उनीहरू सबै पुरुष हुन्।

सीमावर्ती जिल्लामा सङ्क्रमण धेरै

सोमवार २४ जनामा कोभिड-१९ पुष्टि भएको थियो।

खासगरी भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमवार अपराह्णसम्म नेपालमा कुल १७,८२१ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने १५३ जना आइसोलेशनमा थिए।

स्व‍िस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोगस्वरूप दिएसँगै परीक्षणले तीव्रता पाएको छ।

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *