देश विदेश

भ्रामक र अतिरञ्जित सूचना सार्वजनिक गर्नेले आफन्तसंग माफि माग्नु पर्छ : कांँग्रेस रुपन्देही

शेयर गर्नुहोस्

बुटवल ७ जेठ
नेपाली कांग्रेस रुपन्देहीले प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल र तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरेले कोरोना संक्रमित बिरामीका आफन्त र परिवार संग सार्बजनिक माफि माग्न माग गरेको छ ।


नेपाली कांग्रेस रुपन्देहीका सचिब रामकृष्ण खाँणले बुधबार दिउँसो बिज्ञप्ती जारी गदै गुल्मी जिल्ला मदानेगाउँपालिका ६ पुर्कोटदहका कोरोना संक्रमित ४१ बर्षिय पुरुषको मृत्यु भयो भनेर भ्रामक र अतिरञ्जित सुचना दिएर मानबिय संबेदना बिपरितको कार्य गरेको भन्दै मन्त्री बराल र नगर प्रमुख घिमिरेले बिरामीको परिवारसंग सार्बजनिक रुपमा माफि माग्नु पर्ने उल्लेख गर्नु भएको छ ।


अस्पतालमा भेन्टिलेटरको सहायतामा रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचारत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिरामीको सुरक्षित रुपमा उपचार भइरहेको छ भनेर परिवारलाई बिश्वस्त पार्न रुपन्देही कांग्रेसले माग गरेको छ । जेठ १ गते उपचारको लागि ति पुरुष अस्पताल भर्ना भएका हुन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *