देश विदेश

देशका दलित समुदायको भावनामा ठेस पुगाउने रुपन्देहीका नेतालाई कारवाहीको माग , पार्टीको नेतृत्वले कारवाही गर्नुपर्ने :- पुर्व सांसद पासवान

शेयर गर्नुहोस्

रुपन्देही जिल्लाका एक नेताले दलित समुदायको भावनामा ठेस पुगाउने कार्य गरेकोमा विभिन्न समाजिक सघंसस्था एवमं दलित समुदायका अगुवाहरुले बिरोध जनाएका छन ।

जिल्लाका क्षेत्र न.१(१)का क्षेत्रिय ईन्चार्ज संजय गुप्ताले यस्तो महामारीको समयमा समाजिक संजालमा अब पनि बाहुनले दलितको घरमा खाना पकाउने बाहेक दलित समुदायलाई दिन केही पनि बाकी नरहेको कटाक्ष गर्दै सविधानप्रदत्त मानव अधिकार र मौलिक हकको खिल्ली उडाउदै आफुहरुको भावना माथि ठेस पुगाएको भन्दै दलित अगुवाहरुले आपत्ति प्रकट गरेका हुन ।

निज संजय गुप्ता ने.क.पा. रुपन्देही जिल्लाको सचिवालय सदस्य एवमं क्षेत्र न.१ (१)का ईन्चार्ज समेत रहेका बुधवार दलित अगुवा दिनेश चमारले सप्तरी जिल्लाको कन्चनरुप नगरपालिका ५बस्ने अन्दाजी ५० बर्षिय मलर सदाको खानै नपाएर भोकै मृत्यु भएको बिषयलाई सरकारले उचित ध्यान देओस भनी स्टेटस राख्नेको केही घण्टामा गुप्ताले दलित समुदायलाई अपमानित हुने खालको शब्द प्रयोग गरेका हुन ।

यस्तो सम्बेदन सिल घडिमा नेता गुप्ताले देशका लगभग ६० लाख दलित समुदायलाई आत्मसम्मानमा ठेस पुगाएको भन्दै यस्ता ब्यक्तिलाई नेपाल सरकार र नेकपा नेतृत्वले कारवाहीको दायरामा ल्याउनपर्ने राष्टिय सभाका पुर्व सांसंद एवमं दलित अधिकारकर्मी रामप्रित पासवानले माग गर्नु भएको छ ।

सासंद पासवानले आज एक विज्ञाप्ती जारी गर्दै सविधानमा उल्लेख नभएको विषय बस्तुलाई समेत उनले उठाएर दलित समुदायलाई निच देखाउने र समाजिक सदभाव विगार्न खोजेको , मृतक सदा खाद्यान्नको खोजीमा हिडे पछि खेतमै ढलेर मृत्यु भएको र यस्तोहृदयस्पर्शी घटनाको सन्दर्भमा टिप्पणी गरेको उल्लेख गनु भएको छ ।

उता दलित समुदायलाई अपमानित हुने खालको शब्द प्रयोग गरेको भन्दै चमार कल्याण समाज अमेरिका युरोपले कडा शब्दमा निन्दा गर्दै यस्तो कार्य गर्ने निज नेता गुप्तालाई कडा कारवाही गर्न माग गरेको छ ।

समाजका संयोजक अमिरी मोचीद्धारा जारी विज्ञाप्तीमा निज गुप्ताले सारा दलित समुदायलाई अपमानित गरेको र आफुहरुको अवाजलाई दबाउन खोजेको उल्लेख गर्नुभएको छ । मोचीले नेपाल सरकारको नारामा कोही भोकै नबसोस् ,कोही भोकै नमरोस् भन्ने नारा ल्याएको एक हप्ता नवित्दै एक दलित समुदायको खाना नपाएर मृत्यु हुनुको दोष सरकारले लिनुपर्ने माग समेत गर्नु भएको छ ।

उता चमार कल्याण समाज साउदी अरेबियाका संयोजक सुरेन्द्र कुमार महरा , दलित अधिकार समाज पर्सा एवमं पिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज राम , दलित सामुदायिक बिकास केन्द्र राजपुर नगरपालिका अध्यक्ष उदय नरयण राम चमार ,दलित समाजिक विकास केन्द्रका अध्यक्ष राम शरण रैदास , महिला अधिकारकर्मी एवमं ओरेक नेपाल कपिबस्तुकी जिल्ला अध्यक्ष मिना परियार , बहुजन मिसन नेपालका प्रमुख हरिनन्दन अम्बेडकर , दलित अधिकारकर्मी एवमं लेखक चन्द्रेश्वर दास , लेखक राज रजक लगाएतले दोषी गुप्ताले सार्बजनि रुपमा माफि माग्नुपर्ने र सत्ताधारी पार्टी ने.क.पाले कारवाही गर्नुपर्ने र सरकारले यस्ता घृणित विचारधारका मान्छेलाई कारवाही गर्नुपर्ने माग गर्नु भएको छ ।

यता नेता गुप्ताले आफु माफि पनि नमाग्ने र मेरो पार्टी लगाएत कसैले आफुलाई कारवाही गर्न नसक्ने बताएका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *