साइप्रस न्युज

युरोपमा सबै नेपाली समुदायहरु एकताका लागि एकजुट हुनैपर्ने

शेयर गर्नुहोस्

द्रोण रिजाल , नेदरल्यान्ड्स्र
संसार भरको जनजीवन अस्तव्यस्त भैरहेको अवस्थामा नेपाली समुदायहरुमा पर्नगएको अवस्थाको बारेमा नेपाल पत्रकार महासंघ युरोप शाखाको जन चेतना मुलक कार्यक्रम कोरोना कहर र नेपाली हरुको अवस्था बारेमा गत अप्रिल ३ तारिख देखि बिभिन्न्न शृंखला हुदै लाइभ कार्यक्रम बाट सुसुचित गराउने प्रयास गर्दै आएको छ ।
विभिन्न देशका विभिन्न बिज्ञहरु संगको अन्तरक्रिया मार्फत यस विषम परिस्थितिमा कसरि सुरक्षित रहन सकिन्छ भन्ने बिषयमा सहज तरिकाले जानकारी गराउन सफल भएको थियो ।
यसै सिलसिलामा यस्तो विषम परिस्थितिमा मानबता हराएका मानब बाट ब्याक्तिगत स्वार्थका लागि गरिएका घटनाहरु,मानब तस्करीका घटनाहरु, आपतकालीन राहत कोषमा गरिएका अनियमितताहरु र श्रम सोषणका बिषयहरुले बिशेस प्राथमिकता पाएको थियो ।
यस्तो विषम परिस्थितिमा पनि केहि सामाजिक अभियन्ता हरुबाट ब्याक्तिगत स्वार्थ हाबी राखेको अवस्थामा सामाजिक जन जीवन हरुको कस्थाकर दैनिकी माथि खेलवाड गरेको यात्रतत्र सुनिने गरेको पाइयो ।


प्रवासमा बसेर सामाजिक काम गर्नका लागि भनी स्थापना भएका सामाजिक संघसंथाहरुमा ब्याक्तिगत स्वार्थका निम्ति तछाड मछाड को अवस्था सृजना हुनुमा अर्को दुखद पक्छा रहेको पाइयो ।
स्वतन्त्र र स्वच्छ सामाजिक काम गर्न भनी निर्वाचित एन आर एन ए का पदाधिकारीहरु बाटै स्वार्थ लिप्चामा रहनु , मानब तस्करको संजालमा जोडिनु , यस्तो बिकराल अवस्थामा संकलित राहत कोष र सामग्रीमा र्याल चुहाउनु , आफु भन्दा माथि माथि कोहि छैन बन्ने जस्ता घमण्ड बाट प्रेरित भै मन लागि ब्यबहार गर्नु ।

आफ्नो मर्यादा के हो र कसरि अर्कालाइ सम्मान गर्न सकिन्छ लेखाजोखा राख्न नसक्नु जस्ता कमि कमाजोडीहरु प्रसस्तै देखिए ।
पत्रकारमाथि भएका ज्यादती र गैर जिम्मेवार पूर्ण अभिव्यक्तिले गर्दा स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण गर्ने अभियानमा लागेका अन्य न्यायप्रेमी सामाजिक अभियन्ताहरु प्रति पनि कालो दाग देखिने संकास्पद क्रियाकलाप हरु बादी गए , यस्ता अनैतिक क्रियाकलापहरुले प्रश्रय पाउदै जाने हो भने आगामी दिनमा अन्य सामाजिक अभियन्ता प्रति कडा नजर नजाला भन्न सकिन्न्न ।


बिस्तारै बिस्तारै युरोप लगाएत अन्य मुलुकहरुमा पनि अवस्था हरु कस्थाकर भएपनि खुकुलो पारिदै गैरहेकोअवस्था हुदैछ ्र बिद्यार्थी हरुको बिस्वबिद्यालय हरुमा अध्ययन ढिलो हुने हुनाले, तत्काल काम नपाउने अवस्था ले गर्दा ठुलो संख्यामा बिद्यार्थीहरु स्वदेश फर्कन चाहने अवस्था छ ।
अबैधानिक बसोबासको रुपमा बस्न बाध्य नेपालीहरुको संख्या अनगिन्ति रहेको अवस्थामा तिनीहरुको दैनिकीमा परेको असर अकल्पनीय रहेको छ , यी सबै समस्याहरु व्यस्थापन गर्नका लागि ठुलो चुनौती खाडा हुनेछ ।
ब्यबसाय संचालन गर्दै आइरहेका नेपाली समुदायहरुमा त झन् बिकराल अवस्था श्रीजना नहोला भन्न्न सकिन्न / होटल तथा पर्यटन ब्यबसायीहरुको सबै पर्यटकहरु बाटै निर्भर रहने हुनाले संसारका सबै देशहरु आर्थिक मन्दीको चपेटामा परेको अवसथामा बार्य पर्यटकहरु आगमनको प्रतिछा गर्नु र आन्तरिक उपभोक्ताहरुको कस्थाकार जीवनले व्यथित समुदायको भर पर्नु आफैमा दुखादाई अवस्था हुनेछ्र ।
अहिलेनै भोलि आउने विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रवासमा रहेका सामाजिक संघसंथाका पदाधिकारी, प्रतिनिधिहरु र सामाजिक अभियाँताहरुमा स्वतन्त्र पारदर्शी र न्यायप्रेमी समाजका लागि निस्पक्ष भएर सामाजिक कार्यमा एकजुट भै कार्य गर्नुको अरु कुनै विकल्प छैन र अन्य नेपाली समुदायमाहरुमा यस विषम परिस्थितिमा धैर्यताका साथ दैनिक जीवन यापन गर्नुमा पनि कुनै विकल्प छैन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *