देश विदेशसाइप्रस न्युज

नेपालमा सानो जात भएको भन्दै एक हप्ता भित्रै ३ जनाको हत्या , दलित समुदाय माथि अत्याचारको सिमा नाघ्यो ।

शेयर गर्नुहोस्

विनोद परियार
रुपन्देही

रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं ८ सोतिमा गत शनिवार दुई जनाको ज्यान जानेगरी,चार जना वेपत्ता हुनेगरी र करिब १३ जना हताहत हुनेगरी भएको घटनाले चमार कल्याण समाज नेपाल ध्यानाकर्षण भएको जनाएको छ ।

समाजका बरिष्ठ उपाध्यक्ष अमिरी मोची चमारले २१ औ शताब्दीमा यसरी दलित समुदायहरु माथि दमन हुनु भनेको नेपालमा मानवता हराएको ठहर गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नु भएको छ ।
चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको आक्रमणमा परी मृत्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै वेपत्ता छन् । प्रहरीले घटनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो ।
हिजो साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको हो । अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार वेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आक्रमणमा परी घाइते भएका छन् ।
मृतकहरूको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए ।


केटी लिन भनेर साथीहरु सहित नवराज शनिवार गाँउमा गएपछि करिव डेढ सय गाँउलेहरुले घेरेर उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट जोगिन भेरीमा हाम फालेकामध्ये तीनजनाको मृत्यु भएको र तीन बेपत्ता भएका हुन् ।

उता गत बुधवार नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका जिल्ला नेता सन्जय गुप्ताले दलित समुदायलाई आत्मसम्मानमा आच आउने गरि समाजिक अभिब्यक्ति दिएर सारा दलित समुदायलाई अपमानित गरेका छन ।

भने नेपाल सरकारका पुर्ब सचिव भिम उपाध्ययले नेपालकै सबै भन्दा पछाडि परेको समुदाय डोमलाई होच्याउने गरि अभिब्यक्ति दिएका छन । उता सिरहा जिल्लामा दलित समुदायकी एक महिलालाई सत्ताधारी ने.क.पा. युवासघंका नेताको भन्जाले जबरजस्ती करणी गर्न खोज्दा प्रतिकार गरेपछि सबै कपडा खोलेर कुटपिट गरेका छन ।

भने रुपन्देही जिल्लामा समाजकै रोहबरमा गैर दलित युवासगं प्रेम विवाह गरेको केही घण्टामै दलित युवतिको हत्या भएको छ । यसरी एक हप्ता भित्र दलित समुदाय माथि भएको अन्यायका विरुद्धमा दलित अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरुले विरोध गरिरहेका छन ।

मानवअधिकारकर्मी लगायत संघसंस्था र पीडित पक्षले घटनालाई जातीय विभेदका कारण भएको भनेका भन्दै दोषिलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *