प्रवास

अमृत क्षेत्रीको नयाँ गीत सार्वजनिक

शेयर गर्नुहोस्

काठमाडौँ, मे ३० (जीएनएन) — युवा गायक तथा संगीतकार अमृत क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ ।

महामारी , लकडाउन अनि सरकारको आसमा प्रवासमा पीडामा बसेका प्रेमीको आवाज़लाई समेटेको क्षेत्रीको गीतको लिरिकल भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो ।

परदेशमा बसेर आफ्नो घर परिवारलाई सम्झिरहनेहरूमा समर्पित यो गीत अत्यधिक रुचाइएको छ।

लकडाउनको समयमा नै तयार पारिएको उक्त भिड़ियोले चाहना र इच्छा हुँदा घरबाट पनि काम गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेको छ। उक्त गीतमा गायक अमृत छेत्रीकै शब्द रचना रहेको छ भने संगीत बीबी अनुरागीले गरेका हुन् ।

गीत सार्वजनिक गर्दै गायक छेत्रीले भने, ‘देश तथा संसारभर रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु अहिलेको यस महामारीबाट सुरक्षित रही आफ्नो देश, आफ्नो घर सकुशल फर्कन सक्नु होस् भन्ने कामना गर्दछु l’

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *