थप ३३४ जनामा संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो , मृत्यु १०

शेयर गर्नुहोस्

काठमाण्डौँ, जेठ २२
नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका ३३४ सहित नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ६५ जिल्लामा संक्रमण देखिएको छ।

आज पाल्पाका ४५ वर्षिय पुरुषको मृत्यु भएको संगैँ मृत्यु हुनेको संख्या १० पुगेको छ ।

६५ वटा जिल्लामा संक्रमण फैलिएको छ ।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *