प्रवास

पत्रकार महासंघ युरोपको सत्रौ श्रृखला, अस्ट्रियाको नेपाली समुदायको अवस्था

शेयर गर्नुहोस्

द्रोण रिजाल,

नेदरल्यान्ड्स |नेपाल पत्रकार महासंघ युरोप शाखाले अस्ट्रियाको समुदायसँग कोरोना कहर र अस्ट्रियामा नेपालीहरुको अवस्थाका बारेमा त्यहाको सामाजिक अभियन्ताहरु सँग लाइभ अन्तरकृया गरेको छ |

जुन ३ तारिखका दिन गरिएको सात्छात्कारमा अधिकाम्स सहभागिहरुले राजनीति प्रवेसका कारण समुदाय बिभाजित हुन पुगेको, एक आपसमा सहकार्य हुन नसकेको, ब्याक्तिगत अहमताले प्रस्रय पाएको तितो अनुभब राखेका थिए | यस्तो बिषम परिस्थितीमा पनि कुनै संघसन्थाहरु एकजुट हुन नसक्नु आँफैमा दुर्भाग्य रहेको हुँदा भोलिका नयाँ पिँडीले कस्तो संस्कार सिक्लान भन्नेमा चिन्ता ब्यक्त गरेको पाइयो |

एन आर एन अस्ट्रिया र त्यहाका संघसन्थाहरुमा सहकार्य हुन नसक्नुको कारण के हुन सक्ला भन्ने पत्रकारहरुको जिज्ञासामा जवाफ दिदै एन आर एन अध्यक्ष बिनोद चौलागाइले आफ्नो नेत्रित्वमा रहेको सन्थालाई आफ्नै पदाधिकारीहरुबाट असयोग भएको, सन्थाको बिधान बिपरित काम गर्दै हिंडेको, गलत प्रचारबाजी गर्दै अरु सन्थामा बडी सहभगिता जनाएको र नेत्रित्वको अपमान गरेको हुनाले सन्था भित्र आन्तरिक द्वन्द श्रीजना हुँदै कुनैपनी सन्थाले गरेका क्रियाकलापमा अरु संघसन्थाहरुले सहभगिता नजनाइदिदा यस बिषम परिस्थितीमा राहत सन्कलन देखी बितरण सम्म समस्या रहेको जानकारी गराएका थिए |

समाज दुई ध्रुबमा बिभाजित भएको अवस्थालाई नकार्न नसकिने भन्दै डेमोक्रेटिभ सिस्टम बाट नेत्रित्व आउनुपर्ने कुरा औल्याउदै एन आर एन भित्र गोलबन्द हुन नसक्नु अर्को बिडम्बना भन्दै प्रवासि नेपाली मंचका अध्यक्ष धर्म खतिवडाले अस्ट्रियाको एन आर एन मा १५-१७को कार्यकाल देखिन बिबाद बड्दै गएको र चुनाबी प्रकृया लाई स्विकार नगर्दा अहिले यो अवस्था भोग्नु परेकोमा दु:ख ब्यक्त गरेका थिए |

२००४ सालमा आँफै लागेर स्थापना गरेको एन आर एन अस्ट्रिया २०१५ मा मात्र निर्वाचन पद्धतिमा गएको र त्यही बेला केन्द्रलाई अस्ट्रियाको एन आर एन को जानकारी गराएको उल्लेख गर्दै सन्थापक तथा पुर्व आई सि सी सदस्य दीपेन्द्र हिमाल कार्किले उल्लेख गर्दै समाजमा एन आर एन को सअस्तित्व कायम गर्न आपसी मेलमिलापको बिकल्प नरहेकोमा जोड दिएका थिए | एन आर एन दुई ध्रुबमा बिभजित भैसकेको अवस्थामा तेस्रो नयाँ पक्षको उदय हुन सक्ने उल्लेख गर्दै सजक रहन ध्यानाकर्षण गराएका थिए |

सामाजिक बिश्लेसक तथा लेखक डाइमन्ड राइले कटाक्छ गर्दै राजनीतिक किचलोले एन आर एन बिछिप्त रहेको, सहमतिय प्रणाली बाटै पदाधिकारी छनौट गर्नुपर्नेमा अडिक रहेको र अहिले यस बिषम परिस्थितीमा पनि समाजमा युनिटी हुन नसकेको हुँदा समुदायमा No Vote For NRNA भन्नेमा अहिलेको अवस्था पुगेको चिन्ता ब्यक्त गरे |

अन्तमा समाज मिलाएर लाने बिषयमा पदाधिकारीसाथीहरु र अन्य साथीहरु आत्मालोचना सहित आए समाज एक हुनेमा कुनै दुबिधा नरहने हुँदा आफु हदै सम्मको लचकता अपनाउने प्रतिबद्दता एन आर एन अध्यक्ष बिनोद चौलगाइ गरेका थिए |

सहभगिताहरुमा एन आर एन अध्यक्ष बिनोद चौलागाइ , एन आर एन सन्थापक तथा पुर्व आई सि सी सदस्य दीपेन्द्र हिमालय कार्की, आदिबासी जनजाती महासंघका अध्यक्ष बुद्दि तामाङ् प्रवासि नेपाली एकता मंचका अध्यक्ष धर्म राज खतिवडा, एन आर एन प्रवक्ता साथै संचारकर्मी बाबा बागेश्वरि सामाजिक अभियन्ता तथा लेखक डाइमन्ड राई, एन आर एन आई सि सी सदस्य राज कुमार उपाध्याय, र एन आर एन युवा सम्योजक दिनेश बैदवारको उपस्थिती रहेको थियो |

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई को अध्यक्षतामा कार्यकारीणी सदस्य रबिचन्द्र भट्टराईले सन्चालन गर्दै महासंघका पुर्व सन्थापक उपाध्यक्ष तथा सल्लाहकार पुष्प बरुवाल, बरिस्ठ उपाध्यक्ष डिल्लिराम आम्माइ, सचिब द्रोण रिजाल, कार्यकारीणी सदस्यहरु क्रमस : राज कुमार थापा, दीपेन्द्र गजुरेलले सहजिकरण गरेका थिए |

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *