देश विदेश

रुकुम घटनाबारे मानवअधिकार –पत्रकार टोलीद्धारा स्थलगत अनुगमन शुरु

शेयर गर्नुहोस्

पश्चिम रुकुम, जेठ २३ । पचिश्म रुकुमको चौरजहारीमा भएको घटनाका बिषयमा मानवअधकिार तथा पत्रकारहरुको टोलीले प्रारम्भिक जानकारी लिन शुरु गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकार र पत्रकारहरुको टोली शुक्रबार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुमगमा निस्केको हो ।

शनिबार जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपि ठग बहादुर केसीसँग घटनाका बारेमा जानकारी लिएको छ । डिएसपि केसीले चौरजहारी घटनाको आरोपि २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

अझै दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको समेत टोलीलाई जानकारी गराए । घटना निकै संवेदनशिल भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायहरुसँग भेट गरि गहन अध्ययन र अनुगमन पश्चात नागरिक स्तरको प्रतिवेदन प्रस्तुत गरिने मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिए ।

टोलीले हिरासतमा रहेका आरोपिहरुलाई समेत भेटघाट गरेको उनले बताए । उक्त टोलीमा संविधानसभा सदस्य विनोद पहाडी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता शिव गौडेल, पत्रकारहरु माधव नेपाल, विनोद परियार छन् ।

शनिबार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरेको थियो । टोली घटनास्थल चौरजहारी वडा न. ८ र पिडितपक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले जानकारी दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *