Uncategorized

नेपालमा दलितहरु माथि भएको नरसंहारको विरोधमा अमेरिकाको विभिन्न राज्यहरुमा चमार कल्याण समाजद्धारा बिरोध

शेयर गर्नुहोस्

सुरज भण्डारी
जर्जिया ,अमेरिका

नेपालमा भैरहेको दलित समुदायहरु माथि जातिय विभेद एवमं सामुहिक हत्याहरुको विरोधमा चमार कल्याण समाज अमेरिका युरोपले निन्दा गर्दै अमेरिकाको विभिन्न राज्यहरुमा मृतकहरु प्रति श्रन्द्धान्जली सभा गरेको छ ।

चमार कल्याण समाज अमेरिका युरोपले नेपालको पश्चिम रुकुममा दलित लगाएत उनका सहयोगिहरुको सामुहिक हत्या , रुपन्देहीमा मुसहर थरकी बालकिालाई बलत्कार ,रुपन्देही जिल्लामै फेरि मुसहर दम्पत्तीको हत्या , धनुषामा नेपाल प्रहरीद्धारा नै एक मुसहर युवालाई पासो लगाएर हत्या गरिएको , सिरहामा दलित महिलाको बलत्कारी अझै पक्राऊ नपरेको प्रति गम्भिर ध्यानाकार्षण हुदै दोषीहरुलाई नेपाल सरकारले कारवाही गर्नुपर्ने अध्यक्ष अमिरी चमारले माग गर्नु भएको छ ।

अध्यक्ष चमारले आज बुधवार लकडाउनका विच आफनै घर घरमा दलित समुदाय माथि भैरहेको दमनको विरोधमा सारा विश्व्वभरमा रहेका दलित समुदायले अवाज उठाउने बेला आएकोले आफुहरु अमेरिकाको न्युयोर्क , जर्जिया , हुस्टन, ट्यक्सास् , ओखला लगाएतका राज्यहरुमा रहेका चमार कल्याण समाजका सदस्यहरुले दिप बालेर कडा रुपमा विरोध जनाएको जानकारी दिनु भएको छ ।

नेपालमा कोरोना भाईरसलाई कम गर्न सरकारले लगाएको लकडाउनलाई पालना गरि मानवताको सभ्यता देखाउनु पर्नेमा नेपाली समुदायहरुमा यसरी जातकै आधारमा दलित समुदायहरु माथि भैरहेको दमन मानवता विरोधी भएकोले अब यस्ता कार्यमा संलग्न हुनेहरुलाई राज्यले समयमै कारवाही नगरे आफुहरुले यस दमनहरुको घटनालाई अन्र्तराष्टिय करण गर्न बाध्य हुने चमार समाज अमेरिका युरोपका कार्यसमिति सदस्य विक्की चमारले बताउनु भयो ।

सदस्य चमारका अनुसार अहिले आफुहरु पनि केही शिक्षित भएकोले अब पनि आफनो समुदायहरु माथि यस्तै दमन , विभेद भई रह्यो भने आफुहरु चुप लागेर नबस्ने चेतावनी दिदै नेपाल सरकारले विभेद गर्नेहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने उहाको माग थियो ।

पछिल्लो समय नेपालमा खास गरि दलित महिलाहरुलाई अत्याधिक बल पुर्बक हत्या , हिसां , बलत्कार जस्ता जघन्य अपराध भैरहेकोले राज्यले दलित महिलाहरुका लागि छुट्टै संयन्त्र बनाएर सुरक्षा दिनुपर्ने समाजकी सदस्य बिना चमारले माग गर्नु भएको छ ।

जर्जिया राज्यमा गरिएको श्रन्धान्जली सभामा चमार कल्याण समाजका सदस्य मनिषा चमार , राजाराम महरा , सुरेन्द्र महरा , आरभ महरा , एश् चमार लगाएतहरुको उपस्थिति रहेको थियो ।


नेपालमा दलित समुदायहरु माथि भैरहेको दमनका विरुद्धमा चमार कल्याण समाज नेपालको केन्द्रिय कार्यक्रम बामोजिम केही दिन पहिला युरोपका विभिन्न ७ वटा देशहरुमा श्रन्द्धान्जली एवमं मैनबत्ति बालेर विरोध गरिसकेको र फेरि पनि नेपालमा दलितहरु माथि दमन नरोकिएको भन्दै अब अन्दोलन लगाएतका नेपालमा भैरहेको दमनको घटनाहरुलाइृ अन्र्तराष्टियकरण गर्न आफुहरु पछि नपर्ने समाजका केन्द्रिय सचिव ईन्जीनियर गनेश चमारले चेतावनी दिनु भएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *