देश विदेश

रुपन्देहीको सम्मरीमाई गाऊपालिकामा १०६ सदस्यीय चमार कल्याण समाज गठन , विभेदका विरुद्धमा अवाज उठाउने ..

शेयर गर्नुहोस्

रुपन्देही
नेपालमा रहेका सबै भन्दा बढि उत्पीडित समुदायहरुलाई एकिकृत गर्ने उद्देश्यले बुधवार रुपन्देही जिल्लाको सम्मरी माई गाऊ पालिकामा चमार कल्याण समाज नेपाल गठन गरिएको छ ।

नेपालमा दलित समुदाय माथि भैरहेको दमनकोृ विरुद्धमा चमार कल्याण समाज नेपालको केन्द्रिय कार्यक्रम बमोजिम सम्मरी माई गाऊ पालिकाका सबेन्द्र हरिजनको अध्यक्षतामा १०६ सदस्यीय चमार कल्याण समाज गाउपालिका स्तरीय समिति बनाएको हो ।

चमार कल्याण समाज नेपाल रुपन्देहीका जिल्ला सह संयोजक राजु हरिजनको प्रमुख अतिथ्यता एवमं माया देबी गाऊ पालिकाका संयोजक बालकिसुन चमारको विशिष्ठ अतिथ्यतामा भएको भेलाले उपाध्यक्षमा सन्जु चमार , कोषाध्यक्ष नरेन्द्र चमार , सचिव सन्दिप हरिजन र सहसचिव नमकला चमार रहनु भएको छ भने पालिका स्तरीय सदस्यहरुमा अजय चमार , राकेश चमार , रोहित चमार , विरेन्द्र चमार , शिवराज चमार , दुर्गेश चमार ,सरिता चमाईन ,उर्मिला चमाईन , गायत्री चमार , दिपेन्द्र चमार , अर्जुन चमार लगाएत रहनु भएको छ ।

सचिव सन्दिप हरिजनको संचालनमा भएको भेलामा बोल्दै जिल्ला सह सयाेंजक राजु हरिजनले गाउपालिका स्तरमा दलित समुदाय सम्बन्धि भएको अत्याचार , हिसां लगाएतको विरुद्धमा बोल्न अब यो समितिले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गर्दै अब यहा रहेका हरेक निकायमा समानुपातिक समाबेशीता र आफुहरुको जनसंख्याको आधारमा हरेक निकायमा सहभागिता गराउनका लागि सहज भएको बताउनु भयो ।

हरिजनले आफुहरु रुपन्देही जिल्लाको हरेक गाऊपालिकाहरुमा रहेका चमारहरुलाई एकिकृत गर्ने , उनिहरुको अधिकारका लागि आफुहरु सधै लडन तयार रहेको भन्दै हिजोका दिनमा आफुहरु माथि जत्ति दमन भएपनि अब त्यस्ता खाले दमन , शोषण सह्य नहुने बताउनु भएको थियो ।

त्यस्तै नेपालमा अहिले पनि चमार समुदाय लगाएत मुसहर , डोम मेस्तार माथि अहिले पनि जातकै आधारमा दमन भैरहेकोले अब यस्ता कार्यको कडा प्रतिकार गर्न आफुहरु तयार हुनुपर्ने मायादेबी गाऊपालिकाका संयोजक बालकिसुन चमारले प्रतिबद्धता जनाएका थिए ।

चमारले अब पनि नेपाली दलित समुदायका युवाहरु अवाज नउठाए आउने पिढी अझै पछाडि धकेलिने भन्दै अबका युवाहरु सबै मिले जातिय विभेदका विरुद्धमा बोल्नुको बिकल्प नभएको बताएका थिए ।
चमार कल्याण समाज नेपालको केन्द्रिय संगठन विस्तारको क्रममा आज यस गाउपालिकामा गठन गरिएको र अरु जिल्लाहरुमा पनि गठनको प्रक्रियामा रहेकोले ती जिल्लामा रहेका चमार लगाएत सबै दलितहरुलाई एकिकृत गर्न आफुहरु सधै सहयोग गर्न तयार रहेको डा. रामजी राम चमारले बताउनु भयो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *