Uncategorized

कतारमा कोरोनाबाट एकै दिन ७ जनाको मृत्यु, जसमा ५ जना नेपाली

शेयर गर्नुहोस्

काठमाण्डौँ, असार ५
कतारको स्वास्थ्य मन्त्रालयले आज शुक्रवार कोरोनाको पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्दै थप ७ जनाको मृत्यु भएको जनाएको छ । मृतकहरू ३४, ४०, ६४, ६५, ६९, ७१ र ७७ वर्ष उमेर समूहका रहेका छन् । यो सङ्ख्या आज सम्मकै उच्च सङ्ख्या हो । कतारमा करोनाका कारण मृत्यु हुनेहरूको सङ्ख्या ९३ पुगेको छ ।

थप ३ हजार ८३१ जनामा परीक्षण गर्दा १,०२१ जनामा सङ्क्रमण देखिएसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ८५ हजार ४६२ पुगेको जनाएको छ । १ हजार ७६७ जनासहित कुल स्वास्थ्य लाभ गर्नेको सङ्ख्या ६५ हजार ४०९ पुगेको छ ।

ती मध्ये १ हजार १५७ जनालाई डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको छ भने १६० जनालाई अस्पताल भर्ना गरिएको छ । थप १६ जना सहित आइसियुमा रहने बिरामीको सङ्ख्या २२१ पुगेको छ । १९ हजार ९६० जनाको उपचार चलिरहेको छ ।

४ लाख भन्दा बढी नेपाली कार्यरत रहेको कतारमा कोरोनाका कारण क्वारेन्टाईनमा रहेका म्याग्दीका एक युवाले झुन्डिएर आत्महत्या गरेका छन् । उनीसहित कोरोनाका कारण कतारमा मृत्युवरण गर्ने नेपालीको सङ्ख्या ५ पुगेको छ ।

नयाँ सङ्क्रमितहरू स्थानीय नागरिकसहित फरक फरक समुदायका आप्रवासी कामदारहरू रहेका छन् । कतारमा आजसम्म कुल ३ लाख १३ हजार ५०१ जनामा कोरोनाको परीक्षण गरिएको छ ।

स्वास्थ्यमा कुनै समस्या भएमा टोल फ्री नम्बर १६००० मा कल गर्न समेत अनुरोध गरिएको छ । कोरोनाको प्रारम्भिक लक्षण देखिएमा मैदर, अल रवादत, उमसलाल अलि र गराफामा रहेका हेल्थ सेन्टरमा गएर परीक्षण गर्न अनुरोध गरेको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *