देश विदेश

डाक्टरहरुको लापरवाहीले फेरि एक युवकको ज्यान गयो , चमार समाज नेपालद्धारा घोर विरोध

शेयर गर्नुहोस्

काठमाडौ
देशभरि दलित समुदायहरु माथि भैरहेको दमनको विरोध भैरहेको बेला फेरि धनुषा जिल्लाको हसंपुर नगरपाललिका वार्ड न. ७ प्रसाहीका राजु मुसहरको डाक्टरहरुको लापरवाहीका कारण मृत्यु भएको प्रति चमार कल्याण समाज नेपालले घोर विरोध जनाएको छ ।

समाजका संयोजक दिनेश चमारले आज समाजिक संजाल फेसबुक मार्फत दिनहु नेपालमा दलितहरु माथि कहि हत्या कहि जातिय गाली , विभेद , विकास निमार्णका नाममा विभेद जस्ता घटनाहरुको २१ औ शतब्दीमा हुनु भनेको मानवता हराएको देशमा परेको भन्दै कडा शब्दमा निन्दा गर्नु भएको छ ।

धनुषा जिल्लाको सबैलामा नेपाली पुलिसद्धारा शम्भु मुसहरको हत्याका दोषीहरु पक्राऊ नपर्दै फेरि सोही जिल्लाका राजु मुसहरलाई प्रादेशिक अस्पताल जनकपुरका डाक्टरहरुको लापरवाहीका कारण मृत्यु भएको हुनु भनेको नेपालका सारा गैर दलितहरु दलित समुदायहरु माथि जाई लागेकोले अब यस्ता कुरिति र विभेदका विरुद्धमा लाग्न सबै जिल्लामा रहेका चमार कल्याण समाजका समिति र अन्य सबै दलितहरु एकिकृत भएर लडने बेला आएको चमारले आग्रह गर्नुभएको छ ।

यस्तै चमार कल्याण समाज नेपाल रुपन्देहीले भोली बुधवार रुपन्देहीकी १३ बर्षिय अगिंरा पासीको हत्याराहरुलाई कारवाहीको माग गर्दै जिल्ला अदालत भैरहवा अगाडी जिल्ला स्थित सबै सरोकारवालाहरुलाइए उस्थित भई दिन आग्रह गरेको छ ।

समाजका सह संयोजक राजु हरिजनका अनुसार भोली बुधवार अगिंरा पासीका हत्याराहरुको बारेमा थुनछेक बहसका लागि देशका बरिष्ठ बकिलहरुको उपस्थिति भैरहेकोले आफुहरु घटनामा संलग्न दोषाीहरुलाई कडा कारवाही गराउनका लागि अदालत घेराउन गर्न लागेको जानकारी दिनु भएको छ ।

हरिजनका अनुसार आफुहरु रुपन्देहीको सम्मरी माई गाउपालिका , मायादेबी गाउपालिका , रोहिणी गाउपालिका लगाएतका पालिका स्तरीय विरोधका कार्यक्रमहरु गर्दै आईरहेकोले अब शम्भु सदा , राजु सदाको हत्याराहरुलाई कानुनी कठघरामा नआउन्जेल सम्म आन्दोलन जारी राख्ने बताएका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *