चमार कल्याण समाज नेपालद्धारा रौतहटमा १८ दलित परिवारलाई राहत वितरण

शेयर गर्नुहोस्

रौतहट
चमार कल्याण समाज नेपालका केन्द्रिय प्रतिनिधि डाक्टर राम जी राम चमारको नेतृत्वमा आज बुधवार रौतहटको गढिमाई नगरपालिका वार्ड न. ९ इृनरवामा १८ घर दलित परिवारलाई राहत वितरण गरिएको छ ।

कोरोना भाईरसको लकडाउनका कारण कोही भोकै नहोस भनी चमार कल्याण समाज नेपालको आग्रहमा हाम्रो सानो प्रयास अभियानले दलित समुदायका बस्तिहरुमा सहयोग गरेको हो ।

अभियानका प्रतिनिधी पुकार बम , मिन बहादुर भाम लगाएतले सहयोग रकम पठाए पछि स्थानिय युवा सृजनात्मक क्लबका प्रतिनिध विबेक शर्मा र हरिशचन्द्र सहानीले एक घर बराबर २० केजी चामल , दुई लिटर तेल , दुई किलो दाल , २ केजी आलु , एउटा झुल , दुईवटा साबुन , एक प्यकेट नुन किनेर १८ घर परिवारलाई सबै राहत वितरण हस्तान्तरण गर्नुभएको डा. रामजी रामले जानकारी दिनु भयो ।

यस्तो लकडाउनका बेला गरिब समुदायलाइृ खानाको ब्यवास्था गरिदिएको हाम्रो सानो प्रयासलाई डा. रामजी चमारले विशेष धन्यबाद दिै अगामी दिनहरुमाअन्य गरिब दलित समुदायहरुलाइृ राहत वितरण र उनिहरुको अवाज उठाउनका लागि आफु लगाएत आफनो टिम सधै सक्रिय रहने जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *