देश विदेश

रुपन्देहीमा पनि देखियो सलह किरा

शेयर गर्नुहोस्

ईमरान हबिब
भैरहवा , शनिबार प्रदेश २ मा देखिएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देहीको ग्रामीण भेग रोहिणी गाउपालिका , ओमसतिया माई गाउपालिका , सम्मरीमाई गाउपालिका, लुम्बिनी सस्कृतिक नगरपालिका हुदै पसेका हुन् ।

शनिबार दिउँसो रूपन्देहीको रोहिणी गाउपालिकाको खोखरहनी चमारटोल , टिकर लगाएत बुटवल क्षेत्र सम्मा सलह देखिएको हो । प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख यामनारायण देवकोटाले हुलका हुल नभई फाट्टफुट्ट सलह कीरा आएको बताए ।

स्थानीयले खबर गरेपछि ती कीरा हेर्ने र सबै कीरा सलह हो होइन अनुसन्धान गर्ने काम थालेको उनले बताए । अहिलेसम्म समूहमा छैन फाट्टफूट्ट आएको छ,’ उनले भने, कीट विज्ञहरुले अनुसन्धान गरिरहनु भएको छ ।

उनले कति संख्यामा आएको छ भन्ने एकिन गरेपछि रोकथामको योजना बनाउने बताए । कीरा देखिएको खबर प्राप्त हुनासाथ कीट विज्ञसहित कृषि विज्ञहरु छलफल र अनुसन्धानमा जुटेका छौं,’ उनले भने, ‘क्षतिबाट बचाउने उपाय अपनाउने छौं ।

दिउसो करिब एक बजे ग्रमीण भेगमा देखिनुका साथै बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । रामनगरमा रहेको सेनाको ब्यारेकमा समेत सलह भित्रिएको भन्दै सेनाले कीट विज्ञहरुलाई खबर गरेको थियो ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *