देश विदेश

जनकपुरमा दलित संघर्ष समितिको प्रदर्शनमा प्रहरीद्धारा दर्जनौ हवाई फायर , एक घाईते

शेयर गर्नुहोस्

जनकपुरमा दलित संघर्ष समितिले न्याय माग गर्दै निकालेको प्रदर्शनमा प्रहरीले दर्जनौ हवाई फायर गरेको छ । धनुषामा आइसोलेसनमा उपचार अभावमा मृत्यु भएका किशोर राजु सदा र प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा , रुपन्देहीकी अंगीरा पासीको हत्याराहरुलाई कारवाहीको माग गर्दे जनकपुरमा भएको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको हो ।

दलित संघर्ष समितिले मृतक परिवारलाई रोजगारी, आइसोलेसनमा र प्रहरी हिरासतमा मृत्यु भएको घटनामा दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा महेन्द्रनगरका २४ बर्षिय कल्यान कुमार सदा घाईते हुनुभएको छ । उहाको स्थानिय अस्पतालमा उपचार भैरहेको आन्दोलनका अगुवा चन्द्रेश्वर दासले जानकारी दिनु भयो ।

घाईते सदालाई अस्पताल लगिदै …

पिडारी चोकबाट सुरु भएको प्रदर्शन मधेस भवन अगाडि पुगेपछि प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको हो । मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि हुँदै जिल्ला प्रशान अगाडि प्रदर्शन गर्दै जनक चोकमा आएर कोण सभा गर्ने कार्यक्रम दलित संघर्ष समितिले सार्वजनक गरेको थियो ।
आरडीटी रिपोर्ट पोजेटिभ आएपछि जेठ २९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएका धनुषाको हंशपुर नगरपालिका–७ प्रसाहीका १६ वर्षीय किशोर राजु सदाको असार ९ गते प्रादेशिक अस्पताल जनकपुरको आइसोलसनमा मृत्यु भएको थियो ।

पछि राजुलाई झाडापखालासमेत लागेपछि कोरोना भन्दै चिकित्सकहरु उनको उपचारमा पनि दलित भनी विभेद गरेका थिए । त्यहाका डाक्टरहरुले मृतक राजु मुसहरलाई एक पोका जिवजल समेत दिएका थिएनन् उहाको छटपटाई मृत्यु भएको तर डाक्टरहरुले तल्लो जातको भएको भन्दै उपचार नगरेको डाक्टर दिलीप मुसहरले जानकारी दिए । मृत्युपछि उनमा कोरोना नरहेको पुष्टि भएको थियो ।

यसअघि सवारी दुर्घटना मुद्दामा इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका शम्भु सदालाई त्यहाको स्थानिय नेताहरुकै संलग्नतामा हत्या भएको थियो भने सप्तरी जिल्लाका मलार सदालाई गाउमा कसैले खानको लागि भिख समेत नदिए पछि भोकै प्राण त्याग गरेका थिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *