प्रवास

अस्ट्रेलीयामा किन बढ्दै छ आत्महत्याको शृखंला ?

शेयर गर्नुहोस्

हेमन्त काफ्ले
जिएनएन (प्रतिनिधि)
,

कोरोनाको कहर र बिदेशिने रहरबिच सीड्नीमा उच्च अध्यनका लागि आएका दुइ नेपाली विध्यार्थीले पछिल्लो महिना आत्महत्याको वाटो रोजेर संसारवाट बिदा भए । रकडेलमा झापाकी नानी र ग्रानभिलमा भक्तपुरे युवाले डोरीमा पासो लगाएर संसार त्यागेको पीडादायक खबर थियो नेपाली समुदायका लागि । यता समाचार बनेका नानी बाबुहरुको अभिभावकमा परेको बज्रपातको चर्को ब्याजको पीडाको के कुरा ।

यति मात्र हैन पछिल्ला केहि महिना केलाउने हो भने अस्ट्रेलियामा पढन आएका आधा दर्जन नेपाली विध्यार्थीहरुले विविध कारण आत्महत्याको वाटो रोजेको देखिन्छ । उच्च अध्यनका लागि लाखौ खर्चेर बिदेश पठाएका छोरा नानीहरुले अल्पायुमा ज्यान गुमाएको घट्नाले पार्ने प्रभावको लेखाजोखा गर्ने हो भने यो संवेदनशिल घट्नाका रुपमा लिनुपर्ने देखिएको छ ।

बिदेश भन्ने बित्तीकै खुट्टा उचालि हाल्ने हाम्रो युवा पुस्ता र देखा सिखी गर्ने हाम्रो समाज अनि बुझ्दै नबुझी बिदेश पठाउने हाम्रा अभिभावकहरु यस घटनाका दोषी चस्मा हुन । बिदेश गएपछि कमाएर पढ्छ र सके नेपाल पनि पैसा पठाउछ भन्ने प्रमुख सोच हो । बिदेश आएपछि महिनौ कामको खोजी र मंहगो शैक्षिक शुल्क अनी मनमौजी जिवनशैली जस्ता बिषयहरुले विध्यार्थीमा परेको मानसिक असरले केहिलाई जोगि बनाउछ भने कतिलाई रोगी बनाएर जिवनै त्याग्नेसम्म बनाउछ ।


एसएलसी र १२ कक्षा पास गरेपछि समुन्द्रका किनार र गगनचुम्बी मिनार देखेर बिदेशीएका युवाहरु यतिखेर पढाइ लेखाइ छाडेर उबर र क्लीनिङ अनि होटलमा तन्ना कस्दै र रेस्टुरेन्टका भाडा हान्दैगर्दा उनिहरुको मनोबलमा कस्तो प्रभाव पर्दैछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ , त्यसमाथि पनि पछिल्लो तिन महिनादेखि कोरोनाको प्रभावले थलीएको कामधन्दाहरु । विध्यार्थीहरुमा अभाव र समस्याले नैराश्यता जरो गाडदै जाँदा छचल्कीएको पीडावोधले कहिलकाँही जिवनै समाप्त पार्न पनि पछाडि पर्दैनन ।
देशका प्रतिभाशाली युवाहरु दक्षता अभिबृद्धीका लागि उच्च शिक्षा हासिल बिदेश आउदै गर्दा पढाइ गुनाइ भन्दा उल्झीने काम र बल्झीने दाममा जिवन बर्बाद गरिरहदा उनिहरुमा देखिएको प्रभाव पनि हो यो । एसएलसी र १२ कक्षामा डिस्टीङसनको सर्टिफीकेट झुन्डाउदै डाक्टर र इन्जिनियर अनि बैज्ञानिक र प्राध्यापक बन्ने सपना बोकेका देशका मेरुदन्डहरु बैदेशिक अध्यनका नाममा गलत सोचाइ र प्रतिकुल रोजाइका कारण पनि दोधारमा परेको देखिन्छन ।
भिषा लागेपछि साथीभाइलाई पार्टी दिएको संझदै केहि महिना अघि मात्र सिड्नी झरेका काभ्रेका संजोग पराजुली भन्छन, यहाँं आएको दुइ महिनासम्म काम पाइएन , बिश्वबिद्यालयको महंगो फीस, ल्याएको पैसा सकियो त्यसपछिको के कुरा संझनु ।

अहिले एउटा काम पाएपछि पढाइ अगाडि बढ्ला जस्तो भएको छ । आफैले रोजेको देशमा सोचेको जस्तो अनि खोजेको कुरो नपाएपछि मानिशमा नैराश्यता छाउने कुरो स्वभाविक नै हो , यसमा अझ युवा वर्ग बढि प्रभावित हुने गर्छन, आत्महत्याका घट्ना बढ्नुको पछाडीका प्रमुख कराण मानसिक समस्या रहेको बताउछन,सीड्नीका युवा अभियन्ता डिला खरेल । आफुहरु पनि विध्यार्थीहुदै व्यबशायी बन्दैगर्दा भोगेको अनुभव सुनाउदै डिला खरेल भन्छन, अहिलेको युवा वर्गमा सहनसीलता र धैर्यतामा कमी देखिन्छ । सानो समस्यामै आत्तीने र ससना उपलब्धीमै मात्तीने बानीले पनि मानिशलाई बढि इमोशनल बनाएको छ, खरेलले भने ।

सानो उमेरमै बिदेशीएका नानी बाबुहरु एक्कासी खुला समाजमा आइपुग्दा संहालिन नसक्नु अर्को कारण हुनसक्ने बिज्ञहरुले निक्ष्कर्ष निकालेका छन । अभिभावकको नियन्त्रणमा रहेका भाइ बहिनीहरु एक्कासी यहा आइपुग्दा लागुपर्दाथ र कुलतको शिकारमा फस्नसक्ने र त्यसवाट बिचलित भइ आफुखसी गलत निर्णय गर्नसक्ने बताउछन,एनआरएनका महासचिब डा ज्ञानेन्द्र रेग्मी ।
कोरोनाको कहरले पनि यतिखेर अस्ट्रेलियामा थुप्रैको रहरहरु मेटिन पुगेका छन । कतिपयको काम गएको छ, कतिको ब्यापार बिग्रीएको छ । पढाइ लेखाइ घरवाटै चलेपनि महंगा फीले भने पीछा छोडेको छैन । यस्तैमा पीडाका भावलाई सबैको साथ बाड्ने कार्यमा एनआरएन लगायतका बिभिन्न संघ संस्थाहरु लागिपरेका छन । बिदेशी भुमिमा कुनै पनि नेपालीले अभाव र प्रभावका कारण आत्महत्याको वाटो रोज्नु नपरोस । यसका लागि नेपालमा रहेका सारा अभिभावक एवमं राज्य जिम्मेवार भएर स्वदेशमै रोजगारीको सृजना गरि युवा पुस्तालाई बचाउन सक्नु पर्छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *