देश विदेश

रुपन्देहीका चमारहरुको बस्ति बिकासमा कुनै पनि निकायले ध्यान दिएनन् ..

शेयर गर्नुहोस्

काठमडौ
रुपन्देही जिल्लाको रोहिणी गाउपालिका वडा नं. ७ मा रहेको खोखरहनी दलित चमारहरुको गाऊको विकास गर्नमा केन्द्र देखि लिएर गाउपालिका समेत कुनै पनि ध्यान नदिएको स्थानियहरुले आरोप लगाएका छन ।

देश प्रजातन्त्र ,लोकतन्त्र देखि गणतन्त्र सम्म आईपुगे पनि गरिब र तल्लो जात भएकै कारण कुनै पनि निकायले गाउको विकासमा ध्यान दिएका छैनन् । गाऊमा लगभग ३०० सय भन्दा बढि चमारहरुको बस्तिका लागि राणा शासनकालमै यो गाउमा कच्चि बाटो लगभग ४० मिटर चौडाईको बाटो बनाईएको स्थानिय ७५ बर्षिय एक बृद्धले जानकारी दिए ।

बृद्धका अनुसार अहिले आफुहरुले प्रयोग गर्दै आईरहेको बाटोलाई गैरदलितहरुले खेति गर्ने निहु पारेर सडक नै काटेर साघुंरो पारिदिएको र तिनीहरुको बारेमा कसैले अवाज उठाउने हिम्मत समेत गर्न सकेका छैन ।

मदसा स्कुलबाट चमारहरुको गाउ जाने बाटोको अवस्था ..

उहाका अनुसार गाउको विकास गर्नका लागि गणतन्त्रका नेता देखि मधेशका मसिहा सबैलाई गुहारे पनि आफुहरुको भोट मात्रै लिने र विकास निमार्णका सबै बजेट आ आफनो गाऊमा लगे , आफुहरु चमार , निच दलित भएकै कारण आफुहरुको गाउको सडकलाई बिभेद गरिएको बताए । गाउको चारै तिरका गाउहरुमा सडकहरुमा कालोपत्रे बनाए पनि आफुहरुको गाउमा अहिले सम्म एक ट्ली माटो समेत सम्बन्धित निकायले नराखेको कारणले हिडडुल गर्न अत्यन्त कठिनाई भएको स्थानिय ५५ बर्षिय राम प्रसाद (नाम परिवर्तन) ले बताउनु भयो ।

राम प्रसादका अनुसार आफुहरुको गाउको बाटो विकास नहुनुमा आफनै गाउका एक पुर्ब शिक्षकको राजनिति पनि एक प्रमुख कारण रहेको बताउदै गाउ विकास गराउनका लागि सबै मानव अधिकारकर्मी , सम्बन्धित निकायलाई अनुरोध गरेका छन ।

चमारहरुको गाउको विकासका केन्द्र सरकारले बजेट छुट्टयाएपनि गाउपालिकामा रहेका विभिन्न पार्टीका नेताहरु आफै मिलेर आफनो नातेदारहरुलाई बाडिचुडी खाएको र आफनो गाउमा रहेका किसानहरुलाई गाउपालिकाले मल खाद्य , सिचाईका लागि बोरिगं , शिक्षा सम्बन्धि जनचेतना जस्ता कार्यक्रम लगाएतहरुमा विभेद गरिएको नाम नबताउने सर्तमा एक बृद्धले जानकारी दिए ।

यता राप्रपाका केन्द्रिय सदस्य ताहिर अलिले २१ औ शताब्दीमा पनि यो चमारहरुको गाउमा राज्यले बिकास निमार्ण , शिक्षा , स्वास्थ्य जस्ता कुरामा ध्यान नदिनु भनेको स्थानिय सरकार र केन्द्र सरकार दुबैले ठुलो महाविभेद गरेको बताए ।

गैरदलितहरुले ४० मिटर सडकको चौडाईलाई जबरजस्ति अतिक्रमण गरि साघुंरो बनाएका छन ..

नेता अलिका अनुसार आफु केही दिन पहिला गाउमा रहेकाहरुलाई भेटघाट गर्न जादा त्यो गाऊका जनता नबोलेकै कारणले गैरदलित जनप्रतिनिधहरुले विभेद गरि बिकासका कामहरु रोकाएको बताए । गाऊको बाटो राणाशासन कालमा देखि अहिले सम्म जस्तो त्यस्तै हुनु र गाउमा रहेका बालबालिकाहरुलाई स्कुलका गैरदलित बालबालिकाहरुले जातिय विभेद गरेको आफुले सुनेको बताउदै यस्ता कार्य तत्काल बन्द गर्नु पर्ने बताए ।

गाउपालिकामा रहेका दलितहरुलाई विकास निमार्णमा वा स्कुलमा भैरहेको विभेद रोक्नका लागि गाउपालिका , केन्द्र सरकार , स्थानिय राजनितिक दल , बुद्धजिबी सबै मिलेर विशेष प्याकेजको कार्यक्रम बनाउनु पर्ने बताए ।

चरम गरिबीको अवस्थामा चमार गाउका बालबालिका एवम महिलाहरु.

उता रोहिणी गाउपालिकाका अध्यक्ष सनोज कुमार यादवले यो चमार टोलको बाटोलाई आउदो चार महिना भित्रै जसरी भएपनि कालोपत्रै गराएरै छाडिने बताए । अध्यक्ष यादवका अनुसार गाउको विकासका केही महिना पहिला नाली बनाएको ,पुरा हुन बाकी छ , केही मिसकट पनि सडकमा विछाएको र सिचाईका लागि बोरिगं लिनका लागि कोही चमार समुदायका मान्छे तयार नभएको जानकारी दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *