देश विदेश

सप्तरीमा फेरि एक दलितलाई अप-हरण पछि मर्डर

शेयर गर्नुहोस्

श्रीराम कुमार
सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं ३ मा भुपेन्द्र भन्ने त्रिभुवन रामलाई मडरको घटनालाई मधेशी दलित अभियन्ता विद्या मण्डलले कडा शब्दमा निन्दा गर्नु भएको छ ।

दलित अभियान्ता मण्डलले आज एक स्टेटस लेख्दै सो दर्दनाक घटनाको घोर भत्र्सना गर्दै,सो घटना गराउँने गिरोहलाई अबिलम्ब खोजि र पक्राउ गरि हदैसम्मको कानुनी कारबाही र पीडित परिवारलाई न्याय सहित क्षतिपुर्ति को व्यवस्था गर्न सम्बन्धित सम्पुर्ण सरोकारवालाहरुमा ध्यानाकर्षण गराउँदै सरकारसँग जोरदार माग गरेको उल्लेख गर्नु भएको छ ।

साथै मण्डलले शम्भुनाथको विभत्स हत्या घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगकि आयुक्त मोहना अन्सारी ज्यु मार्फत सो सत्यतथ्य छानबिन गरि अपराधिहरुलाई कडा कारवाही र पीडित परिवारलाई न्याय सहित क्षतिपुर्तिको व्यवस्थाको लागि निवेदन र ध्यानाकर्षण गराउनु भएको छ ।

उता बहुजन परिषद नेपालका संयोजक हरिनन्दन अम्बेडकरको नेतृत्वमा त्रिभुवन चमारको हत्यारालाई कारवाही गर्नु पर्ने भन्दै जिल्ला प्रहारी कार्यलय सप्तरीको राजविराजमा एस.पि. कृष्ण प्रसाईसगं छलफल गरेको छ । छलफलका क्रममा एसपी प्रसाईले घटनामा संलग्न दोषीह्रुलाई कानुनी कारवाहीका लागि कुनै कसुर बाकी नराख्ने प्रतिक्रिया दिनुभएको छ ।

छलफलका क्रममा धनुषा जिल्लाबाट दलित अभियन्त्ता रामेश्वर महरा ,राजाराम मण्डल , बहुजन परिषदका प्रतिनिधि नेता राजाराम पासवान ,सुनसरीका चमार अभियान्ता गुरुदेव चमार , सप्तरीका अधिकारकर्मी प्रथमलाल चमार, झब्बर चमार ,गंगा सदा मुसहर लगाएतले सहभागिता जनाएका थिए ।

यता चमार कल्याण समाज नेपालका कोषाध्यक्ष सुरेन्द्र कुमार महराले घटनामा संलग्नलाई राज्यले कारवाही नगरे आफुहरु स्वयमंले कारवाही गर्ने चेतावनी दिनुभएको छ । कोषाध्यक्ष महराले हरेक दिन आफनो समुदायहरुलाई गैरदलित समुदायका मानिसहरुले दमन , हिसां र हत्या गरिरहृको बताउदै अब सहन नसकिने बताउदै देश भरिमा रहेका चमारहरु आ आफनो ठाउबाट आन्दोलनको विकुल फुक्नका लागि आग्रह गर्नुभएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *