साइप्रस न्युज

किरात याक्थुङ चुम्लुङ साइप्रसको दोस्रो साधारण सभा सम्पन्न

शेयर गर्नुहोस्

युरोप साईप्रस , किरात याक्थुङ चुम्लुङ साइप्रसको दोस्रो साधारण सभा आईतवार लिमासोल सहरमा सम्पन्न भएको छ । चुम्लुङ साईप्रसले सभाले आगामी कार्यकालको लागि कार्य समितिका खाली रहेको पदपूर्ति समेत गरेको छ ।

चुम्लुङ साईप्रसका अध्यक्ष सविन सुगुको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले समितिको उपाध्यक्षमा कल्पना लिङ्देन, सचिवमा रेश्मा लिम्बू, सहसचिवमा डिकबहादुर लिम्बू, कोषाध्यक्षमा बबि लिम्बू, सह कोषाध्यक्षमा शान्ती आङ्देम्बे र सदस्यमा मिजिरा सम्बाहाम्फेलाई चयन गरेको छ ।

यस्तै सल्लाहकार समितिको रिक्त पदमा देबि लावती, सपना पोमु लिम्बू, चुमन्ता लिम्बूलाई चयन गरिएको् हो । साधारण सभाको अवसरमा सिसेक्पा तङ्नाम (साउने संक्रान्ती) नाच कार्यक्रम गरिएको थियो ।

किरात याक्थुङ चुम्लुङकी सचिव रेश्मा लिम्बूका अनुसार यालाङ केलाङको लागि साँस्कृतिक बिभाग टोलि र नृत्य तर्फ बर्षा इङ्नम लिम्बूलाई मनोरञ्जन गराइदिनुभएकोमा धेरै धेरै धन्यवाद ब्यक्त गर्दै कार्यक्रममा उपस्थित भइ दोस्रो साधारण सभा तथा सिसेक्पा तङ्नाम कार्यक्रमको शोभा बढाइदिनुहुने उपस्थित सबै सहभागिहरुलाई धन्यवाद दिएको जानकारी दिनुभयो ।

आफनो सांस्कृतिक नाच प्रस्तुत गर्दै

त्यस्तै संस्थाको दोस्रो साधारण सभा तथा सिसेक्पा तङ्नाम कार्यक्रमको सहायताको लागि सहयोग गर्ने र यातायात ब्यबस्थापनको लागि खगेन राना मगर, कार्यक्रममा सहभागिताहुनभएका नरेश तुम्बाहाम्फे, गैरआवासीय नेपाली सघं साईप्रसकी कार्यसमिति सदस्य आना होनछ, अस्मिता थापा, मोना राई सबैलाई बिशेष धन्यबाद दिएको सचिव लिम्बुले साईप्रस नेपाल डटकमलाई बताउनु भएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *