देश विदेश

पैसाको लागि शिशुलाई मिल्काइयो सडकमा, आमाकै मिलेमतो

शेयर गर्नुहोस्

काठमाडौं, साउन १९ । जब मानिस पैसाको लोभमा फस्छ तब उसले सारा मूल्य र बन्धनलाई तोड्छ भन्ने हालैको एक घटनाले फेरि पुष्टि गरेको छ ।
नौं/नौं महिना कोखमा राखेर जन्म दिने आमाले नै आफ्नी शिशुलाई झाडीमा लगेर फाल्छिन् भन्ने त अझ कल्पना बाहिरको विषय ।

तर यही साउन १२ गते एउटी निर्दयी आमाले पैसा कमाउने लोभमा त्यसै गरेको तथ्य खुलेको छ ।
घटना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फालिएको समाचारले सनसनी बनेर फैलियो । कपन चौरमा फालिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए ।

ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ । शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ ।यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ ।

परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई कार्टुनमा राखेको खुलासा भएको छ ।
घटना उजागर भएलगत्तै केयर बालगृहका संस्थापक पुष्पा अधिकारी, ती शिशुकी आमा र सहयोगीलाई प्रहरीेले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।


यसबारेको सूचना लिन हाम्रो टोली पुग्दा घटनाबारे अनुसन्धान गरिरहेको बौद्ध प्रहरीका डीएसपी नविन कार्कीले अनुसन्धान जारी नै रहेका कुनै प्रतिक्रिया दिन नसक्ने भन्दै पन्छिए ।
उता केयर बालगृहमा पुग्दा संस्थापक पुष्पा अधिकारीले ती शिशुको बारेमा प्रतिक्रिया नदिएपनि शिशु फाल्ने र आफूले लिनेबारेमा भने नाटक गरेको स्वीकारिन् ।
चार बर्षअघि खोलेको संस्थाका संस्थापक र बैदेशिक रोजगारीमा गएकी महिलाले किन यस्तो गरेकी हुन् त भन्ने हाम्रो प्रश्नमा पुष्पाले यसरी बेलिविस्तार लगाइन् । कुनै पनि शिशु फालिएको भेटिएमा शुरुमा प्रहरीलाई खबर गर्नुपर्नेमा पुष्पाले त्यसो नगरी सञ्जारमाध्यम बोलाई दृश्य खिच्न लगाएकी थिइन् ।
उनले त्यसबेला कोही दाबी गर्न आएमा शिशु दिने पनि बताएकी थिइन् । तर शिशुका आमाकै मिलमतोमा घटनाको संरचना तयार पारिएको थियो । अहिले प्रहरीले निगरानी थालेपछि भने केही सहयोगीसहित आएकी आमाले शिशुलाई लिएर गएकी छिन् । जुन हामीलाई प्राप्त सीसीटीभीको यो दृष्यले देखाउँछ ।
चार बर्षअघि खोलिएको यस संस्थामा हालसम्म २० भन्दा बढी बालबालिकाले आश्रय लिएका छन् । जन्मदैकी यी शिशुलाई आमाकै मिलोमतोमा नाटक मञ्चन गरेर सहयोग उठाउने र पैसा संकलन गर्ने मात्रै नियत थियो वा अरु केही ? प्रश्न उब्जेको छ ।

पछिल्ला दिनमा बालमन्दिरबाटै नेपाली बालबालिका बेचबिखन गर्ने गिरोह पक्राउ परेको घटना सेलाउन नपाउँदै विभिन्न नाममा खुलेका संस्थाहरुबाट यस्ता क्रियाकलाप हुन थालेपछि आशंका र चिन्ता दुबै बढाएको छ ।
(गृष्मा राजभण्डारी र राममान डंगोल)imagekhabar

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *