साइप्रस न्युज

सार्वजनिक स्थान मास्क अनिवार्य नत्र ३०० युरो जरिवाना(अपडेट 1)

शेयर गर्नुहोस्

स्वास्थ्य मन्त्रालयले आज राती (शुक्रबार ) राती 12 बजे बाट लागू हुने गरि सबै ले अनिवार्य मास्क लगाउनु पर्ने बताएको छ । पत्रकार सम्मेलन मा बोल्दै स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थल भित्र पनि अनिवार्य मास्क लगाउन पर्ने अन्यथा ३०० युरो जरिवाना तिर्नु पर्ने बताउनु भएको हो ।

साथै लिमासोल मा धेरै जना जम्मा भएर बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोना भाइरस को संक्रमण लिमासोल मा बड्दो देखिए पछि केही दिन पहिले स्वास्थ्य मन्त्रीले लक्डाउन हुन सक्ने सन्केत गरेका थिए । तर आज को पत्रकार सम्मेलनमा बोल्दै न्याय मन्त्री र स्वास्थ्य मन्त्रीले सबै निकायलाई नयाँ नियम कडा रुपमा पालना गराउन निर्देशन दिइसकेको जानकारी गराउनु भयो ।

कोरोना भाइरस कम गर्न लगाइको लक्डाउन विभिन्न चरण मा खुल्दै गए पछि सर्वसाधारणले व्याक्तिगत सुरक्षा र सामाजिक दुरि कायम मा लापरबाही गरेको बताउनु भयो ।

पछिल्लो केही दिन देखि लिमासोल मा संक्रमण बड्दो छ । पछिल्लो शुक्रवार देखि बड्दो भाइरस संक्रमण मङल्बार 10, बुधबार 13 र बिहिवार 6 जनामा देखिएको थियो । यी मध्य अधिकांश लिमासोल मा देखिएको थियो ।

निम्न स्थान मा मास्क अनिवार्य :

बैक, सुपरमार्केट, सपिङ मल, हस्पिटल , चर्च र अन्य सार्वजनिक स्थल हरु

थप विवरण आउदै ( अपडेट हुँदैछ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “सार्वजनिक स्थान मास्क अनिवार्य नत्र ३०० युरो जरिवाना(अपडेट 1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *