देश विदेश

लेबनान बिस्फोट: ३७०० घाइते,७३ को ज्यान गयो

शेयर गर्नुहोस्

साइप्रस / ५ अगस्ट

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको  विस्फोटमा परी मृत्यु हुनेहरुको संख्या लगातार बढिरहेको छ।

पछिललो अपडेट अनुसार मृतकको संख्या ७३ नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।
यस्तै घाइते को संख्या ३७०० भन्दा बढी भएको अल्जजिरा ले जनाएको छ ।

साइप्रसका रास्ट्रपति निकोस अनास्टसियादेशले बेरुत बिस्फोट प्रती दुख  व्यक्त गर्नु भएको छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सो बिस्फोटनमा मारिने को परिवार प्रती समवेदना प्रकट गर्नु भयो । साथै “हामी आवश्यक मानिएको कुनै पनि सहयोग प्रदान गर्न तयार छौं ” रास्ट्रपतिले भन्नुभयो ।
साइप्रसका परराष्ट्र मन्त्री ले घटना बारे बोल्दै साइप्रसले लेबनान सरकारलाई सम्पर्क गरि सहयोग गर्ने प्रस्ताव गरिसकेको जानकारी दिनु भयो ।

बेरुतको बन्दरगाह मा रहेको एक गोदाम कोलोनि मा बिस्फोट भएको सरकारी समाचार संस्था सहित २ सुरक्षा सेवा प्रदायक  कम्पनीले बताएका छन् भने अर्को सुरक्षा सेवा प्रदान गर्ने कम्पनीले सो एरियामा कमिकल स्टोर रहेको बताएको छ ।

यता , इजरायलले बेरुतमा मेडिकल सहयोग गर्ने घोषणा गरेको छ। तर, लेबनानले सो सहयोग स्वीकार गरेको वा नगरेको बारे केही खुलाइएको छैन। यस्तै कतारका अमिर शेख तमिम बिन हामद अल थानीले पनि सहयोग को प्रस्ताव गरेको अल जजिराले बताएको छ ।त्यस्तै फ्रान्स ले पनि राहत सहयोग पठाउने घोषणा गरेको छ । लेबनानका जनता लाई फ्रान्स सरकार को साथ भएको फ्रान्सका रास्ट्रपतिले बताए। त्यस्तै, टर्कि, इरान र युके ले पनि आवश्यकता अनुसारको मानवीय सहायताका लागि राहत पठाउने घोषणा गरेका छन्।

बेरुतको तटीय क्षेत्रमा विनाशकारी विस्फोट भएको भिडियो सार्वजनिक भएको छ। कैयौं किलोमिटरसम्म सो विस्फोटले क्षति गरेको छ। 
विस्फोटको भिडियोमा शुरुमा आगो लागेको र धुवाँ उडेको देखिन्छ। त्यसको केहीसयमै विनाशकारी विस्फोट हुन्छ। जसले सबै तहसनस पारिदिन्छ। बिस्फोटको कम्पन 1५० माइल टाढा रहेको साइप्रस मा पनि महसुस गरिएको छ । साइप्रसमा कार्यरत नेपालीले सामाजिक संजाल मा आफुले पनि कम्पन महसुस गरेको अनुभव लेखेका छन् ।

लेबनानका राष्ट्रपतिले बुधबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ। घटनामा नेपाली परे कि परेनन् यसको जानकारी आइ सकेको छैन ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *