देश विदेश

यस्तो रहेछ बेरुतमा बिस्फोट हुनुको कारण

शेयर गर्नुहोस्

बेरुत (बीबीसी)। लेबनानको राजधानी बेरूतमा शक्तिशाली विस्फोटमा कम्तिमा पनि ७८ जनाको मृत्यु भएको छ भने चार हजार भन्दा धेरै घाइते भएका छन्।

विस्फोटक पदार्थ (अमोनियम नाइट्रेट) भण्डार गरिराखेको गोमादमा विस्फोट हुँदा ठूलो क्षति भएको हो। उक्त गोदाममा विगत छ बर्षदेखि जफत गरिएको बिस्फोटक पदार्थ राखिएको थियो।

लेबनानका प्रधानमन्त्री हसन दियाबले उक्त गोदमलाई ‘खतरनाक गोदाम’ को रूपमा वर्णन गरका छन् जुन २०१४ मा बनाइएको थियो। उनले यसलाई एक भयावह घटना भनेका छन् र जिम्मेवार मानिसलाई उन्मुक्ति नदिने बताएका छन्।

लेबनानका राष्ट्रपति मिशेल अउनले भनेका छन्–२ हजार ७५० टम अमोनियम नाइट्रेट असुरक्षित राख्ने विषय स्वीकार्य हुन सक्दैन।’
विस्फोट यति शक्तिशाली थियो त्यसको कम्पन २४० किलो मिटर टाढा साइप्रससम्म महसुस गरिएको थियो।

लेबनानका राष्ट्रपतिले यो विस्फोट असावधानीले भएको भन्दै यसमा जिम्मेवार रहेकाहरुमाथि कारबाही गरिने बताएका छन्। अति प्रज्वनशील केमिकल अमोनियम नाइट्रेट भण्डारका लागि विशेष सुरक्षा अपनाउनुपर्ने हुन्छ।

अमोनियम नाइट्रेट भण्डार गर्ने गोदामलाई आगोबाट निकै सुक्षित राख्नुपर्ने हुन्छ। र फायर प्रुफ भवन हुनुपर्छ। त्यस्तै त्यहाँ कुनै पाइप र ढल पनि हुनुहुँदैन। अमोनियम नाइट्रेटमा आगो लागे परमाणु बम जतिकै शक्तिशाली विस्फोट हुन्छ।

पछिललो अपडेट अनुसार मृतकको संख्या ७८ नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।
यस्तै घाइते को संख्या ४००० भन्दा बढी भएको अल्जजिरा ले जनाएको छ ।

साइप्रसका रास्ट्रपति निकोस अनास्टसियादेशले बेरुत बिस्फोट प्रती दुख  व्यक्त गर्नु भएको छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सो बिस्फोटनमा मारिने को परिवार प्रती समवेदना प्रकट गर्नु भयो । साथै “हामी आवश्यक मानिएको कुनै पनि सहयोग प्रदान गर्न तयार छौं ” रास्ट्रपतिले भन्नुभयो ।
साइप्रसका परराष्ट्र मन्त्री ले घटना बारे बोल्दै साइप्रसले लेबनान सरकारलाई सम्पर्क गरि सहयोग गर्ने प्रस्ताव गरिसकेको जानकारी दिनु भयो

। कतार, टर्की, इजरायल, फ्रान्स र इरान ले पनि राहत सहयोग पठाउने घोषण गरिसकेका छन् ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *