देश विदेश

जनतालाई कोरोनाको डर, सरकारलाई चाहियो कर !

शेयर गर्नुहोस्

ललितपुर महानगरपालिकामा कर तिर्नेको भीड

२२, साउन, काठकाडौं । ललितपुर महानगरपालिकामा विहन ११ बजेदेखि ७५ वर्षीय बृद्ध घरको कर तिर्न राजश्व प्रशासन महाशाखाको ढोकाअघि लाइनमा छन् । उनको मास्क नाकमुनि झरेको छ । बालकुमारीबाट आएका उनी उच्च रक्तचापको रोगबाट ग्रसित छन् । तर, दुई घण्टादेखि उनी ठेलमठेल हुलमै छन् ।

कोरोनाको ड’र लाग्दैन ? उनी जवाफ दिन्छन्, ‘ड’र त लाग्छ । तर, नतिरी सुख छैन ।’ उनी बृद्ध भएका कारण महानगरले एउटा मात्र छुट गरेको छ । लाइनमा उभिनु नपर्ने र लाइन पालो आउँदासम्म कतै आराम गर्न पाउने । उनी भन्छन्, ‘त्यही एउटा छुट छ र भर्खर आएर कुर्सीमा बसिरहेको छु । अरु त केही व्यवस्था छैन ।’

घरको कर तिर्नका लागि ललितपुर महानगरपालिकामा पुगेकाहरुको लाइन करिव तीन सय मिटरको छ । तर, कोही सेवाग्राही पनि दुरी कायम गरेर लाइनमा उभिएको देखिँदैन ।

राजश्व भुक्तानी गर्ने १०२ नम्बर कोठाको झ्यालमा मानिसहरु मौरीजसरी झुम्मिएका छन् ।

कर तिर्नेकै भीडमा भेटिएकी मञ्जु लेखक पनि कोरोनासँग डराई डराई लाइनमा बसेकी छिन् । उनी भन्छिन्, ‘अनलाइनबाट केही व्यवस्था छ कि भनेर पनि हेरेँ । तर, केही प्रावधान नदेखेपछि यहाँ आएर भीडमा कर तिर्नका लागि बस्नुपरेको छ ।’

उनकै छेउमा बसेका समशेर चन्दले लाइनमा दुरी कायम गर्ने कुनै व्यवस्था नरहेको हुँदा मानिसहरु हुल हुज्जत गरिरहेको गुनासो गरे । दिउँसोको एकबजे लाइनमा भेटिएका उनी एक घण्टादेखि लाइनमा छन् । समशेर भन्छन्, ‘कोरोनाको ड’र लागेर के गर्नु, अहिले कर नतिरे जरिवाना तिर्नुपर्छ ।’

५७ वर्षीय पुष्कर भट्टको पनि समस्या उही हो । महानगरपालिकाले लाइन व्यवस्थापन गर्नुपर्ने भए पनि नगरेको उनको गुनासो छ ।

दुरी कायम गर्नका लागि कर तिर्ने लाइनमा गोलो घेरा लगाइएको छ । तर, त्यो घेरामा कोही पनि बसेको देखिँदैन । महानगरपालिका क्षेत्र प्रवेश गर्नुअघि स्याननिटाइज गर्ने र ज्वरो नाप्ने व्यवस्था भने गरिएको छ ।

गत १५ साउनदेखि राजस्व संकलन गर्नका लागि खुला गरेको महानगरका सूचना अधिकारी रुद्रप्रसाद गौतमले जानकारी दिए । ‘सेवाग्राहीले यो वर्षभरि नै कर तिर्न सक्ने छन्’, उनी भन्छन्, ‘तर, यो वर्ष ढिलो गरी कर तिर्नेलाई जरि’वानाको भने व्यवस्था गरिएको छैन ।’

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *