देश विदेश

अमोनियम नाइट्रेट कति खतरनाक : जर्मनी बिस्फोट, आवाज २७५ किमीसम्म, चीनमा ३ सय भवन ध्वस्त

शेयर गर्नुहोस्

लेबनानको राजधानी बेरुतमा १ सय ३५ जनाको ज्यान लिएको बिस्फोटको कारण अमोनियम नाइट्रेट हो जुन एक भण्डारमा पछिल्लो ६ वर्षदेखि जम्मा गरेर राखिएको थियो । यसै गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटमा आगो लाग्यो र जोडदार गरिकाले बिस्फोट भयो । यो बिस्फोट यति भयानक थियो कि यसको आवाज २ सय ५० किलोमिटर टाढासम्म सुनियो ।अमोनियम नाइट्रेट सबैभन्दा खतरनाक बिस्फोटक रसायन हो जुन विभिन्न कामका लागि प्रयोग गरिन्छ । तर साधारणतया यसको प्रयोग कि त खेतीमा कि त बम बनाउन लागि गरिन्छ । यदि यसमा थोरै मात्र पनि आगलागी भए यसमा जोडदार तरिकाले बिस्फोट हुन्छ । साथै नाइट्रोज अक्साइड र अमोनियाजस्ता खतरनाक ग्यास पनि निस्कन्छन् ।लेबनानमा भएको यो बिस्फोटपछि उक्त भण्डारमा यतिधेरै अमोनियम नाइट्रेट कसरी जम्मा भयो र त्यसमा आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको छ ।यद्यपि, अमोनियम नाइट्रेटका कारण यति ठूलो बिद्वन्स भएको यो पहिलो घटना भने होइन । यसअघि पनि थुप्रै घटना भइसकेको छन् । तिनै दुर्घटनामध्ये यस्ता ७ दुर्घटना छन् जो यति खतरनाक थिए कि जमिनमा भएको बिस्फोटले आकाशमा उडिरहेको विमानसमेत खसेको थियो ।

१. २१ सेप्टेम्बर १९२१: ओपो, जर्मनी, २७५ किमि टाढासम्म सुनेको थियो बिस्फोटको आवाज

सन् १९११ मा सुरु भएको यो प्लान्टमा अमोनियम नाइट्रेट र अमोनियम सल्फेटको साढे चार हजार टन मिक्सचर स्टोर गरेर राखिएको थियो । २१ सेप्टेम्बर बिहान करिब ७ बजेर ३२ मिनेटमा आधा सेकेन्डभित्र दुई शक्तिशाली बिस्फोट भए । यो बिस्फोटमा ४५० टनको फर्टिलाइजरमा बिस्फोट भएको थियो । यो बिस्फोट यति शक्तिशाली थियो कि यसले प्लान्टको भित्र नै ९० मिटर खाल्डो बनायो । यो खाल्डोको चौडाई १२५ मिटर र गहिरो १९ मिटर थियो ।

यो बिस्फोट यति शक्तिशाली थियो कि यसको आवाज म्यूनिखसम्म सुनिएको थियो । म्यूनिखको दुरी यो पलान्टभन्दा २ सय ७५ किमी थियो । यतिमात्रै होइन, यो बिस्फोटमा ओपोको ८० प्रतिशत भवन ध्वस्त भएको थियो जबकी साढे ६ हजार बढी मानिस घरबार बिहिन भएका थिए । २५ किमीको दायरमा रहेका घरको झ्याल फटे । बिस्फोटपछि ओपोका २० किमीको दायरको ट्राफिक रोकिएको थियो । बिस्फोटका कारण थुप्रै घरको छत उडेका थिए ।

त्यतिबेला उक्त घटनाले १७ लाख डलरको क्षती भएको थियो जुन अहिलेको हिसाबले २.५२ करोड डलर हुने थियो । बिस्फोट भएको ४८ घण्टाभित्र ५ सय शव भेटिएको थियो । पछि मृतकको संख्या ५ सय ६१ सम्म पुग्यो ।

बिस्फोटमा मारिएकाहरुको अन्तिम संस्कारमा जर्मनीका तत्कालीन राष्ट्रपति फ्रेडरिक एबर्ट र प्रधानमन्त्री ह्यूगो लेरचेनफेल्डसमेत ७० हजार जर्मन नागरिक समावेश भएका थिए ।

explosion in lebanon, helicopter extinguished from air

२. २९ अप्रिल १९४२ः टेसेंडेर्लो, बेल्जियम ,बिस्फोटमा ७० मिटर चौडा र २३ मिटर गहिरो खाल्डो बन्यो

त्यतिबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो । बेल्जियममा जर्मनीले कब्जा जमाएको थियो । बेल्जियमको टेसेंडेर्लोमा एउटा केमिकल फ्याक्ट्री थियो, जुन बन्द गरिएको थियो । तर पछि बेल्जियमको आत्मसमर्पणपश्चात्, यो कारखाना पुनः सुरु गरिएको थियो । २९ अप्रिलमा यो कारखानामा बिस्फोट भएको थियो ।

जुन दिन बिस्फोट भएको थियो त्यो दिन अन्य दिनको तुलनामा हल्का चिसो थियो र सबैजना आफ्नो काममा जाँदै थिए । बिहान ११ बजेर २७ मिनेटमा कारखानामा राखिएको १५० टन अमोनियम नाइट्रेट बिस्फोट भयो । निमेषभरमै सयौं मिटरको उचाईसम्म धुँवा मात्रै देखिएको थियो । बिस्फोटका कारण ८० मिटर चौडा र २३ मिटर गहिरो खाल्डो बनेको थियो ।

यो बिस्फोटमा १ सय ९० जना मारिएका थिए जबकी ९ सय जना घाइते भएका थिए । मारिएका १९० जनामध्ये ११९ जना कारखानामा काम गर्ने मजदुर थिए ।

३. १६ अप्रिल १९४७ः टेक्सास, अमेरिका, दुई उडिरहेका विमान खसे, जहाज टुक्रा–टुक्रा भएर हावामा उड्न थाल्यो

दोस्रो विश्वयुद्धमा अमेरिकी सेना अमोनियम नाइट्रेटको प्रयोग बिस्फोटकको रुपमा गर्दथ्यो । पछि यसलाई फर्टिलाइजरको रुपमा प्रयोग गर्न थालियो । १६ अप्रिल १९४७ मा नेब्रास्का र लोवामा बनेको अमोनियम नाइट्रेट रेलमार्फत् टेक्सासा सिटी पुग्यो । त्यसपछि यसलाई जहाजमा लोड गरिँदै थियो । यो जहाजमा २३ सय टन अमोनियम नाइट्रेटका साथै सूर्ती र गोला–बारुद थिए ।

बिहान करिब ८ बजे कार्गोबाट धुँवा आइरहेको देखियो । आगो निभाउने कोसिस गरियो तर आगो निभ्न सकेको थिएन । ९ बजेर १२ मिनेटमा अमोनियम नाइट्रेट बिस्फोट भयो । यसले पोर्ट पूर्ण रुपमा ध्वस्त भयो । यो बिस्फोटपछि १५ फिट माथिसम्म धुँवा उठेको थियो जुन १६० किलोमिटर टाढाबाट पनि देखिएको थियो ।यो बिस्फोट यति जोडदार थियो कि यसले जहाज स–सानो टुक्रा भएका थिए र हावामा उड्न थालेका थिए । यतिमात्रै होइन टेक्सास नजिकै उडान भरिरहेको दुई साना विमान पनि खसेका थिए । यो बिस्फोटले हजार बढी घर क्षतीग्रस्त भयो । दुई हजार व्यक्ति बेघर भएका थिए ।

यो बिस्फोटलाई अमेरिकाको इतिहासको सबैभन्दा खतरनाक औद्योगिक दुर्घटना मानिन्छ । यसमा ५ सय ८१ को ज्यान गएको थियो जबकी ५ हजारभन्दा बढी घाइते भएका थिए ।

४. १९ अप्रिल १९९५ः ओक्लाहोमा, अमेरिका, २ टन अमोनियम नाइट्रेटले १६८ को ज्यान लियो

१९ अप्रिल १९९५ को बिहानीले ओक्लाहोमाका लागि निकै खराब खबर बोकेर आएको थियो । यसदिन पूर्व सैनिक टिमूथी म्याक्वेगले ओक्लाहोमा शहरमा एक सरकारी भवन बाहिर भाडामा लिएको ट्रक राखियो । उक्त ट्रकमा २ टन अमोनियम नाइट्रेट थियो । बिहान ९ बजे अघि नै म्याक्वेग ट्रक लिएर पुगेका थिए । केही बेरपछि म्याक्वेग ट्रकबाट बाहिर निस्किएर ढोका बन्द गरेर भाग्न सुरु गरे । के भइरहेको छ, कसैले बुझ्न सकेनन् । बिहान ठिक ९ बजेर २ मिनेटमा ट्रक बिस्फोट भयो ।

आँखा झिम्किएको भरमा नै भवनको एक तिहाई हिस्सा भग्नावशेषमा परिवर्तन भयो । वरिपरिका करिब ३ सय भवन क्षतीग्रस्त भउ । सयौं कारमा क्षती पुग्यो ।

उक्त हमलामा १ सय ६८ व्यक्तिको ज्यान गएको थियो जसमा १९ जना बालबालिका पनि समावेश थिए । सयौं घाइते भएका थिए । यो बिस्फोट सबैभन्दा खतरनाक आतंककारी हमलामा पर्छ ।

५. २२ अप्रिल २००४ः रयोंगचोंन, उत्तर कोरिया,दुई रेल ठोक्किए, १८ सय ५० घर ध्वस्त भए

२२ अप्रिल २००४ मा उत्तर कोरियाको राजधानी प्योङयाङबाट ५० किमी टाढा रयोंगचोंन स्टेशनमा दुई रेल ठोक्किए । यी दुबै रेलमा बिस्फोटक सामग्री थिए । रेल ठोक्किएपछि खतरनाक बिस्फोट भयो ।

दुई दिनसम्म उत्तर कोरियाले यो बिस्फोटको कारणबारे जानकारी दिएन । बिस्फोटको ४८ घण्टापछि उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले अमोनियम नाइट्रेटका कारण बिस्फोट भएको जानकारी दियो । समाचार एजेन्सीका अनुसार कुनै एक रोलबाट अमोनियम नाइट्रेट लिक भएको र त्यसैले बिस्फोट भएको हो ।

उत्तर कोरियाले त उक्त बिस्फोटमा ज्यान गुमाउनेको संख्या ५४ मात्रै बताएको छ । तर घटनास्थलमा पुगेको रेडक्रसको समूहले बिस्फोटका कारण स्टेशन वरिपरिका १८ सय ५० घर ध्वस्त भएको जानकारी दिँदै १ सय ६० को मृत्यु भएको र ६ हजारभन्दा बढी घाइते भएको बताएको छ ।

६. १२ अगस्त २०१५ः तियानजिन, चीन,९ अर्ब डलरको क्षती, ३ सय बढी घर ध्वस्त

१२ अगस्त २०१५ मा चीनको तियानजिन शहरको बन्दरगाहमा एक कन्टेनरमा श्रृङ्खलाबद्ध बिस्फोट भए । पहिलो दुई बिस्फोट ३० सेकेन्ड भित्र भएको थियो । पहिलो बिस्फोट १२ अगस्ट राती करिब साढे ११ बजे भएको थियो र दोस्रो ३० सेकेन्ड भित्र ।

दोस्रो बिस्फोट असाध्यै खतरनाक थियो जसमा ८ सय टन अमोनियम नाइट्रेट बिस्फोट भएको थियो । यी दुई बिस्फोटका कारण भएको आगलागीले १५ अगस्टमा ८ स–साना बिस्फोट भएका थिए । यी बिस्फोटमा १ सय ७३ जनाका ज्यान गएको थियो र ७ सय ९७ घाइते भएा थिए ।

यो बिस्फोट यति शक्तिशाली थियो कि वरिपरिका ३ सय ४ भवन, १२ हजार ४ सय ३८ कार र ७ हजार ५ सय ३३ कन्टेनर पूर्ण रुपमा नष्ट भए । यी बिस्फोटका कारण त्यतिबेला ९ अर्ब डलरको क्षती भएको थियो ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *