साइप्रस न्युज

अझै नियन्त्रणमा आएन आगलागी(फोटो सहित)

शेयर गर्नुहोस्

८अगस्ट २०२०/ लिमसोल

शनिबार बिहान २ बजे देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । पापोस र लिमासोल को बीचमा पर्ने माउसेरे, अर्चिमान्ड्रिटा, र डोरा क्षेत्रहरूमा आगलागी भएको हो । करिब २० किलोमीटर क्षेत्र मा लागेको आगो निभाउन ३० भन्दा बढी दमकल, ठुलो संख्या मा अग्नि नियन्त्रक स्टाफ र हवाइ मद्द्त लिएको छ ।

९ बटा अग्नि नियन्त्रक हवाइ सेवा प्रयोगमा ल्याइएको छ । अतिरिक्त अग्नि नियन्त्रण बल लाई सो स्थानमा तैनाथ गरिएको छ । यद्यपि कतै पनि जनधनको क्षति नभएको बताइएको छ । सुरक्षाका लागि डोरा गाउलाई प्रहरि र सिभिल डिफेन्स को सहयोगमा खाली गराइएको छ ।
तेज हावा चलेका कारण आगलागि नियन्त्रणमा आउन सकिरहेको छैन ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *