देश विदेश

रुपन्देहीको मायादेबी गाउपालिकामा ९३ सदस्यीय चमार कल्याण समाज गठन

शेयर गर्नुहोस्

राम एकबाल महरा
रुपन्देही

चमार समुदायलाई एकिकृत गर्ने उद्देश्यले रुपन्देही जिल्लाको माया देबी गाउपालिका वार्ड न. ५ मा चमार कल्याण समाज गाउ कमिटि गठन गरिएको छ । चमार समुदायहरुको हकहित , राज्यको हरेक निकायमा जनसंख्याको आधारमा पुर्ण समानुपातिक समाबेशी सहभागिता , चमार समुदायको संस्कृतिलाई जगेर्न गर्ने उद्देश्यले चमार कल्याण समाजको केन्द्रिय कार्यक्रममा अन्र्तगत समाजिक दुरी कायम गरि भएको भेलाले सुनिल हरिजनको अध्यक्षतामा ९३ सदस्यीय गाउपालिका स्तरिय समिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा सुरजमति हरिजन , कोषाध्यक्षमा अशोक हरिजन , सचिवमा प्रदिप हरिजन ,सह सचिवमा मिना कुमारी चमाईनलाई सर्बसम्मतले चयन गरेको छ भने सदस्यहरुमा सुबास हरिजन , मोहन हरिजन ,दिपेन्द्र हरिजन , राजाराम हरिजन ,बिन्द्रवाती हरिजन , सोनी हरिजन , झिनक चमार , माया हरिजन , लेखपाल चमार , पुजा चमार ,प्रदिप हरिजन , शिला चमाईन ,लक्ष्मण हरिजन, मनिषा हरिजन , टुनमुन चमार ,प्रियकां हरिजन ,राजेन्द्र चमार , मोलहु चमार ,मुनिराम चमार , गनेश चमार , बेचन चमार , अमरजित हरिजन , राजेश चमार , दिपक चमार , लोहारी हरिजन लगाएत सदस्य रहनु भएको सचिव प्रदिप हरिजनले जानकारी दिएका छन ।

चमार कल्याण समाज सम्मरीमाई गाउपालिकाका संयोजक सर्बेन्द्र हरिजनको प्रमुख अतिथ्यता एवमं सहसंयोजक नरेन्द्र हरिजनको विशेष पहल तथा अकलेश हरिजनको निरिक्षणमा समिति गठन गरिएको सचिव हरिजनले बताए ।

भेलाका प्रमुख अतिथि सर्बेन्द्र हरिजनका अनुसार आफुहरु पहिला रुपन्देही जिल्लामा रहेका हरेक चमार बस्तिमा स्वस्फुर्त रुपमा चमार कल्याण कमिटि गठन गरिरहेको , आफनो अधिकारका लागि अब आफै लडनका लागि आफुहरु तयारी गरिरहेको बताए ।

चमार कल्याण समाज नेपालले अहिले हरेक जिल्लाको गाउ गाउमा रहेका सारा चमारहरुको समिति बनाउने र दलित समुदायहरु माथि भैरहेको हिसां विभेदका विरुद्ध संगठनिक रुपमा लागेर सबै दलित समुदायका संघंसस्थाहरुसगं सहकार्य गरेर अगाडी बढिरहेको समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महराले जानकारी दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *