प्रवास

नेपालका आदीबासीहरु देशको गहन भएको :- राजदुत शाक्य

शेयर गर्नुहोस्

युरोप , साईप्रस
विश्वभरमा रहेका नेपाली आदीबासीहरुले आफनो देश चिनाउनका लागि महात्वपुर्ण योगदान दिएको ईजरायल तथा साईप्रसका नेपाली राजदुत डा. आन्जान शाक्यले बताउनु भएको छ ।

२६ औ विश्व आदीबासी दिवसको अवसर पारेर राजदुत डा. शाक्यले साईप्रस नेपाल डटकमसगंको टेलिफोनमा कुराकानी गर्दै ईजरायल तथा साईप्रसमा रहेका नेपाली एवमं अन्य देशका आदीबासीहरु संयुक्त रुपमा मिलेर कार्यक्रम गर्नु नै सारा आदीबासीहरु एक भएको बुझिएका बताईन ।

डा. शाक्यका अनुसार नेपाली आदीबासी जनजातिहरु देशका गहना भएकोले राज्यले उहाहरुको भाषा , संस्कृतिलाई जगेर्न गर्न कुनै कसुर बाकी राख्न नहुने तर्क गर्नु भयो । नेपालमा रहेका आदीबासीहरुको जायज मागलाई नेपाल सरकारले केही हद सम्म पुरा गरे पनि बाकी रहेका मागहरुलाई सरकारले यथासिघ्र सम्बोधन गर्नुपर्ने नेपाली राजदुतावास ईजरायलका प्रवक्ता एवमं उपनियोक प्रमुख अर्जुन घिमिरेले बताउनु भयो ।

प्रवक्ता घिमिरेले प्रवासमा रहेका आदीबासीहरुलाई सारा नेपालीहरुले सम्मान गर्दै उहाहरुको संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्ने बताउनु भयो ।

यता २६ औ आदीबासी दिवसको अवसरमा गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले शुभकामना दिदै नेपाली आदिबासी जनजातिहरु सारा नेपालीहरुको गहन भएको बताउनु भएको छ ।

प्रवक्ता गौतमले जनजातिहरुको अधिकारका सवालमा नेपाल सरकार गम्भिर भएर उहाहरुको भाषा , सस्कृतिलाई जगेर्न गर्नुपर्ने माग गरेका छन ।

यस्तै साईप्रसमा रहेको किरात याकथुगं चुम्लुगं साईप्रसकी सचिव रेश्मा लिम्बुले पनि शुभकामना दिर्दै सबै आदिबासीहरु एक हुनुपर्ने बताईन । सचिव लिम्बुले आज साईप्रस नेपाल डटकमसगंको टेलिफोनमा कुराकानी गर्दै सो कुरा बताउनु भएको हो । यस्तै साईप्रसमा रहेका तमु समाज साईप्रस , नेपाल तमागं घेदुगं साईप्रस , तमागं बौद्ध महासघं , नेपाल मगर सघं , किरात राई यायोख्खा साईप्रस , गिरिजा प्रसाद कोईराला फाउण्डेशन , लगाएतका विभिन्न समाजिक सघंसस्थाहरु ,लगाएतले शुभकामना दिदै सबै आदीबासी जनजातिहरु एक भएर सस्कृतिलाई जगेर्न गर्नुपर्ने बताएका छन ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *