देश विदेश

संक्रमितको सम्पर्कमा आएकाहरुलाई ५ दिनपछिमात्र परीक्षण गराउन आग्रह CYPRUS-NEPAL.COM ONLINE NEPALESE MAGAZINE

शेयर गर्नुहोस्

[ad_1]

काठमाडौं। उपत्यका लगाएत देशभर कोरोना संक्रमण पुष्टि भएकाहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमा आएका जो कोहीलाई पनि तत्कालै स्वाँब संकलन र परीक्षण नगर्न नगराउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गाैतमले यस्ताे अनुराेध गरेका हुन्।

प्रवक्ता डा.  गौतमले कोरोना संक्रमितसँगको सम्पर्कमा आएको करिव ५ दिनपछिमात्र कोरोना पोजेटिभ देखाउँने भएकाले तत्काल परीक्षण गराएको कुनै अर्थ नहुँने जानकारी दिए।

उनले भने, ‘कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको तत्काल परीक्षण गर्दा नेगेटिभ देखिने र पछि पोजेटिभ आउने भएकाले तत्कालै कसैले पनि स्वाब संकलन र परीक्षण नगन÷नगराउन स्वास्थ्य मन्त्रालय अनुरोध गर्दछ।’

आफू कोरोना संक्रमितको सम्पर्कमा आएको थाहा भएपछि करिब ५ दिनसम्म होम क्वारेन्टिनमा बस्न र ५ दिनपछि परीक्षण गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ।

[ad_2]

Source link

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *