देश विदेश

थप तीन जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

शेयर गर्नुहोस्

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।
प्रदेश १ मा ८ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा १७ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । त्यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन ।
पछिल्लो १० दिनमा ४२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ३० गते चार जना, २९ गते चार जना, २८ गते आठ जना, २७ गते चार जना, २६ गते चार जना, २५ गते २ जना, २४ गते ३ जना, २३ गते पाँच जना, २२ गते पाँच जनाको मृत्यु भएको थियो ।

संक्रमितकाे संख्या २६ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा ४६८ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएकोमा चार सय ६८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघेको छ । नेपालमा हालसम्म २६ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार काठमाडौं काठमाडौंमा ८०, मोरङका ६५, सर्लाहीका ५३, कपिलवस्तुका ३२, धनुषाका २७, मकवानपुरका २१, सुनसरीका १६, बर्दियाका १४, बाँके, दाङ र कास्कीका ११/११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललिपतुर, भक्तपुर, काभ्रे, दोलखा, चितवन र महोत्तरीका ९/९ जना, खोटाङका ६, सप्तरी, सिराहा र सुर्खेतका ५/५ जना, रौतहटका ४, रामेछाप र दैलेखका ३/३ जना, उदयपुर, नवलपुर रुपन्देही, बारा, बाग्लुङ र तनहुँका २र२ जना तथा रसुवा, गुल्मी, गोरखा, स्याङ्जा, तेह्रथुम, डडेलधुरा र बझाङका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा एक हजार नौ सय ७० जना, प्रदेश २ मा सात हजार चार सय १८ जना, बागमती प्रदेशमा दुई हजार ६ सय ६० जना र गण्डकी प्रदेशमा १ हजार सात सय ९३ जना, प्रदेश ५ मा पाँच हजार ३५ जना, कर्णाली प्रदेशमा दुई हजार एक सय ६२ जना र सुदूरपश्चिम प्रदेशमा चार हजार नौ सय ८१ जना संक्रमित भेटिएका छन् ।

१७ हजार बढी संक्रमित निको

शनिबार विभिन्न जिल्लाका आइसोलेसनबाट एक सय २४ जना डिस्चार्ज भएका छन् । योसंगै नेपालमा उपचारपछि निको हुनेको संख्या १७ हजार दुई सय एक जना पुगेको छ ।प्रदेश १ मा एक हजार एक सय आठ, प्रदेश नम्बर २ मा तीन हजार पाँच सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा एक हजार पाँच सय २५, प्रदेश नम्बर ५ मा चार हजार दुई सय ८६, कर्णाली प्रदेशमा एक हजार नौ सय ३३ र सुदूरपश्चिम प्रदेशमा चार हजार एक सय ६३ जना संक्रमित डिस्चार्ज भएका छन्। शनिबारसम्म आइसोलेसनमा आठ हजार १ सय ९३ जना संक्रमित उपचाररत रहेका छन्। प्रदेश १ मा आठ सय ५४, प्रदेश २ मा तीन हजार आठ सय २७, बागमती प्रदेशमा दुई हजार दुई र गण्डकी प्रदेशमा दुई सय ६२, प्रदेश ५ मा सात सय ३६, कर्णाली प्रदेशमा दुई सय २५ र सुदूरपश्चिम प्रदेशमा आठ सय १० जना आइसोलेसनमा रहेका छन । आजसम्म ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको गौतमले बताएका छन् । आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन्।

आज क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेका छन । प्रदेश १ मा दुई हजार सात सय १३, प्रदेश २ मा एक हजार सात सय, बागमती प्रदेशमा एक हजार ६४ र गण्डकी प्रदेशमा दुई हजार नौ सय ८३, प्रदेश ५ मा दुई हजार ७३, कर्णाली प्रदेशमा सात सय ६० र सुदूरपश्चिम प्रदेशमा तीन हजार एक सय ५५ जना क्वारेन्टिनमा रहेका छन्।मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाब दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताए ।

Source link

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *