देश विदेश

सिड्नीमा नेपाली चेली डिप्रेसनको सिकार । उपचारमा सहयोग गरिदिन अपिल

शेयर गर्नुहोस्

सिड्नी, अष्ट्रेलियाकाे सिड्नीमा बस्दै आएकी एक २५ वर्षीय नेपाली युवतीलाई डिप्रेसनको उपचार गर्न आर्थिक संकट परेको छ ।
नेपाल ट्युबसंग कुरा गर्दै धरान स्थाई घर भएकी वर्षा भण्डारीले आफु दुइ वर्षदेखि सिभियर एन्जाइटी र डिप्रेसनको सिकार भएको बताउनुभयो । वर्षाकै स्विकृतीमा हामीले पहिचान सार्वजनिक गरेका हौं ।
मतिष्कको देब्रे भागले राम्रोसंग काम गर्न नसकेपछि यस्तो अवस्था आएको हुनसक्ने चिकित्सकले बताएको उहाँको भनाई छ । यस्तो डिप्रेसन भएको बेला आखा कम देख्ने, कान कराउने, सिधा हिड्न पनि नसक्ने जस्तो लक्षण देखिने गरेको वर्षाको भनाई छ । तर, यो रोगको ठ्याक्कै कारण भने खुलिसकेको छैन । नेपाल र भारतसम्म गएर समेत उपचार गरिसक्नु भएकी वर्षा अहिले भने सिड्नीमै उपचार गराइरहनुभएको छ ।हाल न्युरो फिडब्याक पद्धतीबाट उपचार गराइरहेकी वर्षालाई उपचार गराउनका लागि पैसाको अभाव देखिन थालेको छ । गत मार्चबाट सुरु यो उपचार प्रकृया ४० हप्ताको हुनेछ । हरेक हप्ता २ सय ९० डलर खर्च हुने यो उपचारका लागि वर्षालाई पैसाको अभाव भएको हो । ‘मसंग भएको सबै पैसा उपचार गरेर सकियो’- वर्षाले भन्नुभयो -‘अब अब पैसा नभएर उपचार बिचमै रोक्ने अवस्था आएको छ ।’

न्युराे फिडब्याककाे उपचार गर्दै वर्षा

कोरोनाका कारण जागिर समेत गुमाएपछि वर्षा थप अप्ठ्यारोमा पर्नु भएको हो । ‘भएको जागिर पनि कोरोनाले खाइदियो, घर भाडा, खाने खर्च त्यसमाथी उपचार खर्च कसरी पुर्याउने होला’ वर्षाले गुनासो गर्नुभयो ।
वर्षाको अवस्था देखेर दिदि बिनी बरोनले गो फण्डमी मार्फत सहयोग संकलन सुरु गर्नुभएको छ । तर, ८ हजार लक्ष्य राखिएपनि हालसम्म आधा मात्रै रकम संकलन भएको छ । उपचार खर्च लगभग १० हजार डलर लाग्ने अनुमान गरिएको छ ।
आफु अष्ट्रेलियाकाे पिआरवाला भएकाले सबै उपचार खर्च सरकारले तिरिदिन्छ भन्ने ठानेर धेरै मानिसले सहयोग नगरेको वर्षाको गुनासो छ । यस्तो उपचारको पहिलो १० हप्ताको मात्रै सरकारले तिरिदिने रहेछ बाकी आफै खर्च गर्नुपर्ने वर्षाले बताउनुभयो ।जागिर नहुदा महिनाको २२ सय डलर बेरोजगार भत्ता आएपनि घरभाडा र खानामै खर्च हुने गरेको वर्षाको भनाई छ । आफ्नो उपचारमा सबैले सहयोग गरिदिन वर्षाले अपिल गर्नुभएको छ । तपाइहरु पनि वर्षाको उपचारमा सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा थिच्नुहोला ।तपाइहरु पनि वर्षाको उपचारमा सहयोग गर्न चाहानुहुन्छ भने यो लिंकमा थिच्नुहोला ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *