तीज र महोर्रममा कडाई गर्दे बर्दिया प्रशासन

शेयर गर्नुहोस्

हिन्दु महिला धर्मावलम्बीको तीज र मुस्लिमको महान चाड महोर्रममा स्थानीय प्रशासनले जमघट हुन नदिन कडाई गर्ने भएको छ। प्रशासनले कोरोना परीक्षणको दायरा फराकिलो बनाएसँगै समुदायमा संक्रमित देखिएपछि चाडवाँडले कोरोना समुदायस्तरमा भयावह हुने देखिेपछि जमघट हुन नदिन कडाई गर्ने भएको हो। स्थानीय प्रशासनले २५ गतेदेखि आइतबारसम्म निशेधाज्ञा जारी गरेको छ। पुनः लकडाउन गरी पूर्ण रुपमा हिँडडुल गर्न प्रशासनले प्रतिबन्ध लगाएको थियो। आइतबार बस्ने बैठकले तीज र महोर्रमा कडाई गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए।‘दुबै धर्मावलम्बीका ठूलो चाडमा भिडभाड हुन्छ,’उनले भने,‘भिडभाडले समुदायस्तरम कोरोना संक्रमण फैलिने त्रास हुन्छ।’ कोरोना संक्रमण नियन्त्रणका लागि कडाईका साथ प्रस्तुत हुने प्रजिअ अधिकारीले जानकारी दिए। हाल यहाँ २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ।

Source link

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *