देश विदेश

नेपालको झण्डा जलाइएको म्युजिक भिडियो युट्युवमा, प्रहरीले थाल्यो अनुसन्धान

शेयर गर्नुहोस्

नेपालको राष्ट्रिय झण्डा जलाउँदै आपत्तिजनक शब्दहरु प्रयोग गर्दै युट्युवमा सार्वजनिक गरिएको एक गीतलाई प्रतिवबन्ध लगाउन सामाजिक संजालमा माग गरिएको छ।
‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सार्वजनिक गरिएको छ। गीतमा जातीय असहिष्णुता फैलाउने शब्दहरु समेत प्रयोग गरिएको छ। उक्त गीतलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले तीब्र आलोचना गरेका छन्। गीत सार्वजनिक गरिएको च्यानलमा समेत गीतको आलोचना गरिएको छ भने लाइक भन्दा डिस्लाइक बटनमा धेरै क्लीक गरिएको छ।

देशद्रोही शिर्षकमा सार्वजनिक गरिएको गीत र्याइप जनरामा छ। लिरिक्स र्यारपरको रुपमा यापरका मंगोल ग्याल्ज ली एन्ड एटीएम खुलाइएको छ।
उक्त गीत सार्वजनिक गरिएको युट्युव च्यानलमा कमेन्ट गर्दै एक जनाले भनेका छ, यो कुनै पनि हालतमा क्षमा योग्य छैन, यो अपराधिक छ। अर्का प्रयोगकर्ताले भिडियोलाई रिपोर्ट गर्न सबैलाई आग्रह गरेका छन्। यस्तै अर्का एक जनाले ‘मेरो देश को राष्ट्रिय झन्डा जलाएको म हेर्न सक्दिन। यसलाई जसरी भए पनि कानुन को कठ्घरा मा ल्याउनु पर्छ।‘ भन्दै कमेन्ट गरेका छन्। सामाजीक संजालमा गीतमाथी आक्रोस पोखिएको छ।
प्रहरीले उक्त गीत बनाउनेहरुको खोजी सुरु गरेको बताएको छ। प्रहरीले उक्त विषयमा अनुसन्धान थालेको प्रहरी प्रवक्ता कुवेर कडायले बताए। ‘भिडियो हेर्दा मकवानपुर क्षेत्रमा खिचेको देखिएको छ,’ उनले भने, ‘मकवानपुर प्रहरीले अहिले त्यसको अनुसन्धान गरिरहेको छ।’

भिडियोमा मकवानपुर जिल्लाको बागमती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयलाई देखाइएको छ। त्यसकै आधारमा मकवानपुर प्रहरीले अनुसन्धान थालेको हो।
मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान गर्न पाइदैन। राष्ट्रिय झण्डाको अपमान गरेमा ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुनसक्छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *