देश विदेश

कोरोना नेगेटिभ भए होटल क्वारेन्टाइनमा बस्न नपर्ने, सिधै घर जान पाइने

शेयर गर्नुहोस्

काठमाण्डौ – विदेशबाट फर्कंदा पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण लिएर आउने होटल क्वरेण्टीनमा बस्न नपर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेले होटल क्वरेण्टीनमा बस्नुनपर्ने बताउनुभएको हो ।
विदेशबाट आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्री भट्टराईले पीसीआर रिपोर्ट नेगेटिभ आएकाहरु सिधै घर जान पाउने स्पष्ट पार्नुभएको हो ।

सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वरेण्टीनमा ७ दिन राख्ने निर्णय गरेको थियो । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट आउनेले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वरेण्टीनमा बस्नुनपर्ने उहाँले बताउनुभयो ।

पीसीआर परीक्षण सहज नभएका देशहरुका लागि उद्धार उडान गरिने र पीसीआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वरेण्टीनमा बस्नुपर्ने उहाँको भनाई छ । अर्को देशबाट आएर क्वरेण्टीनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अरु देशहरुमा समेत रहेको भन्दै उहाँले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वरेण्टीनमा बस्न सकिने बताउनुभयो ।
विदेशमा अलपत्र परेका, स्वदेश फर्किन सक्ने कुनै पनि आधार नभएका नागरिकहरुलाई भने सरकारी खर्चमा उद्धार गरिने उहाँले बताउनुभयो ।

पीसीआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरूको क्वरेण्टीन खर्च व्यहोर्नुपर्ने उहाँले बताउनुभयो । नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उहाँले बताउनुभयो ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *