देश विदेश

नेपालमा मधेशी दलितहरु राज्यद्धारा असुरक्षित :- दलित अधिकारकर्मीहरु

शेयर गर्नुहोस्

काठमाडौ
नेपालमा मधेशी दलितहरु सरकारबाटै असुरक्षित भएको दलित अधिकारकर्मीहरुले बताएका छन । केही दिन पहिला रौतहट जिल्लाको गरुणा नगरपालिकामा दलित युवक निरन्जन राम चमारलाई उनकै मालिकहरु मिलेर हत्या पछि नेपाल प्रहरीले गाउका सोझा साझा दलित युवाहरुलाई नै पक्राउ गरी हिरासतमा अत्याधिक यातना दिईएको दलित अगुवा एवमं दलित अधिकार सघं पर्साका अध्यक्ष मनोज राम चमारले जानकारी दिनुभयो ।

चमारका अनुसार आरोपीलाई बचाऊँ गरेर प्रहरीले निर्दोषलाई पक्रेरको दावी गरेका छन्। उनले पक्राउ परेका ११ जनामध्ये विजयराम चमारलाई हिरासतमा राखेर जबरजस्ती हत्याको जिम्मा तैले लिनुपर्छ भनी कुटपिट गरेर प्रहरी घाइते समेत बनाएको बताएका छन्। यो घटनालाई रौतहट प्रहरीले पैसाको लोभमा तोडमोड गरि मुख्य योजनाकार गैरदलित अपराधीहरुलाई बचाउन दलितको चरित्र हत्या गर्न खोजिरहेको भन्दै हिजो दलित संर्घष समितिको नेतृत्वमा रौतहटले गरुणामा हजारौको संख्यामा प्रदर्शन गरेको थियो ।

संघर्ष समितिका सयोंजक सोनेलाल चमारका अनुसार गरुणा प्रहरी प्रमुख ले जमिन्दारहरुसगं पैसा लिएर गाउका सोझा साझा युवाहरुलाई पक्राउ गरि हिरासतमा राखेर अत्याधिक यातना दिईरहेको बताए र साथै आफुहरु घटनाको मुख्य दोषीलाई पक्राउ गर्नका लागि अनुरोध गर्दा आफूहरुलाई गोली मारिदिने धम्की समेत दिईरहेको चमारले जानकारी दिए । प्रहरीको कुटाइबाट घाइते भएका विजयलाई अहिले उपचारका लागि वीरगञ्ज मेडिकल कलेजको आईसियु कक्षमा राखिएको छ।

हत्यामा जो सुकै संलग्न भएपनि कारवाही हुनुपर्छ भन्दै निर्दोषलाई जबरजस्ती फसाउनु गलत भएको दलित अगुवा एवमं पुर्ब सांसद रामप्रित पासवानले बताए । केही महिना पहिला धनुषा जिल्लाको सबैला प्रहरीले सम्भु मुसहरलाई प्रहरी हिरासतमा राखि हत्या गरेको थियो ।

यसरी नेपालमा मधेशी दलितहरुलाई दिनहु हत्या हिसांको समाना गर्नु परेको र न्याय माग्ने ठाउबाट पनि मधेशी दलितहरु असुरक्षित रहेको चमार कल्याण समाज नेपालका संयोजक दिनेश चमारले बताएका छन । नेपालमा मधेशी दलितहरु माथि नेपाली राज्य सत्ताले बर्बातापुर्ण रुपमा ब्यवहार गरिरहेकोले आफुहरुलाई न्याय दिलाउनका लागि सबै अन्र्तराष्टिय स्तरका न्यायप्रेमिहरुलाई आग्रह गनुभएको छ ।

रौतहटको गरुणा प्रहरी प्रमुख ज्ञान कुमार महतोले प्रहरी हिरासतमा कुटिएर अस्पतालमा भर्ना गरिएका विजय राम चमारलाई सकैलाई भेटन दिएका छैनन् साथै विजय राम चमारलाई मृतक निरन्जन चमारको हत्याको मुख्य आरोपी बनाउनका लागि जबरजस्ति खाली कागजमा औठा छाप लगाउन कर गरिरहेको उपचारमा संलग्न एक नर्सले जानकारी दिएकी छिन ।

नेपालमा पछिल्लो समयमा सबै भन्दा बढि दलित बहुजनहरु माथि नेपाल सरकारको प्रहरीले अत्याचार , हिसां गरिरहेकोले आफुहरुलाई सहयोग गर्न सबै न्यायप्रेमीहरुलाई आग्रह गरिएको दलित अगुवा एवमं बहुजन नेता चन्द्रेश्वर दासले जानकारी दिए ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *