देश विदेश

यसरी गरे प्रहरीले ‘विजय राम’को हत्या

शेयर गर्नुहोस्

राजेश विद्रोही

मुलुकको लोकतन्त्र र मानवअधिकारको धज्जी उडाउनेगरी रौतहटको गरुडा नगरपालिका ८, जिंगडियाका २२ वर्षीय विजय रामलाई प्रहरीले यातना दिएर निर्मम हत्या गरेको छ ।

गरुडामा साउन ३१ गते राति १७ वर्षीय निरन्जन रामको घाँटी रेटी हत्या भएको थियो । हत्या अभियोगमा डिएसपी ज्ञानकुमार महतोले लखन साह, राजाराम साह, राजगिर साह, शेख आजाद माथि जाहेरी तयारपारी नन्दलाल महरासँग सहि छाप लिए । नन्दलाल महरा निरन्जनको बुबा हुन् ।

दलित अगुवा सोनेला रामकानुसार डिएसपी ज्ञानकुमार महतोले अनुसन्धानको नाममा उनीहरुसँग मोटो रकमको बार्गेनिङ गरे । त्यसपछि पीडित पक्षकै मानिसहरू अजय राम, विजय राम, अर्जुन रामलाई अनुसन्धानको लागि पक्राउ गरी ल्याए । उनले थपे, ‘त्यसपछि गाउँका मानिसहरू सबै छक्क परे । सिकिन्दर पासवान, विवेक राय यादवलाई पनि पक्राउ गरे ।’

निरन्जनको बुबा नन्दलाल भन्छन्, ‘डिएसपी साहेबले तिम्रो छोरालाई यिनै चार जनाले हत्या गरेको हो । यिनिहरुलाई अनुसन्धानगरी कार्वाही गर्छु र न्याय दिलाउँछु भने । तर, भोलिपल्ट आफ्नै घर र गाउँका मानिसहरुलाई पक्राउ गरी लगे ।’

प्रहरीले अनुसन्धानको क्रममा विजय रामलाई अमानवीय यातना दिएको प्रष्ट छ । हिरासतमा प्रहरीले विजयलाई हातबाँधेर तारको कोर्रा बर्साउँथे । करेन्ट लाउँथे । शरीरभरि निलडाम छ । विजय सिरियस भएपछि प्रहरीले उपचारका लागि बिरगंजको नेशन मेडिकल कलेजमा लगे । उनको अवस्था बुझ्न नागरिक समाजका अगुवा, बुद्धिजीवी, पत्रकार सबै पुगे तर प्रहरीले कसैलाई भेट्न दिएन । न त तस्बिर खिच्न दिए ।

दलित अगुवाहरू आन्दोलन समेत गरे । तर, राज्यका बन्दुकधारी प्रहरीलाई कुनै प्रभाव परेन । उपचारमा संलग्न एक स्वास्थ्यकर्मीका अनुसार, प्रहरीले विजयलाई निर्मम यातना दिएकै कारण उनको मृत्यु भएको बताए । उनले थपे, ‘शरीरमा बुटले कुल्चिदा सम्बेदनशिल अंगहरुमा समेचत चोट पुगेको थियो ।’

रविराज खड्का हत्या स्वीकार्ने पक्षमा छैन । उनी भन्छन्, ‘विजय राम किड्नी रोगी थिए । किड्नीमा समस्या देखेपछि उपचारको लागि लगिएको बताए ।’

लोकतन्त्रमा बाँच्नेअधिकार सबैको बराबर छ । तर, यहाँ दलितलाई बाँच्ने अधिकार छैन् । दिनानुदिन पशुझै राज्यपक्षबाटै दलित मारिएका छन् । प्रहरी हिरासतमा पनि अधिकांश दलितहरुले नै चरम यातना भोग्छन् । अरु समुदायका मानिसहरू प्रहरी हिरासत र जेलभित्र पाहुना जस्तो जीवन बाँच्छन् ।

राज्यपक्षबाट अनाहकमा दलित गरिवमाथि झुठो मुद्दा चलाएर दोषी बनाउँछन् । पद (फूलिका) लागि निर्दोषहरुलाई हिरासतमा चरम यातना दिन्छन् र नगरेका अपराध कबुलियत गराएर कानुनको बन्दी बनाउँछन् । यस्तो गन्दा धन्दा प्रहरी सँगठनभित्र संगठित रुपमा चलिरहेको छ ।

धनुषामा शम्भु सदालाई प्रहरीले यातना दिएर हत्या गरी ट्वाईलेटमा झुन्डियाई दिए । शम्भुको परिवारले अहिलेसम्म न्याय पाएको छैन । छानबिनको लागि दलित सांसदहरुको संसदीय समिति समेत बनेको छ । तर, सबै झहाती आयो हाती आयो फुस्सञ भएको छ दलितको जीवनलाई ।

मुलुकमा लोकतन्त्र आएपछि सबैभन्दा धेरै अपराधका घटनाहरू प्रहरी प्रशासनको अप्रत्यक्ष संलग्नतामा भएको एक अनुसन्धानले देखाएको छ । जसले न्याय दिन्छ तिनै संस्थाले झुठो कार्य गरेर आफूलाई लज्जित बनाई रहेका छन् । अहिले पनि अनुसन्धानको नाममा प्रहरी हिरासतमा जनयुद्धको भन्दा पनि बर्बर मानव बधशाला निर्माण गर्नु दुःखद छ । यो लोकतन्त्रको उपहास हो ।

विजय राम कुनै रोगी थिएन, उनको परिवारको दावी छ । दुई दाजुभाइ थिए विजय । जेठो विरामी भएर उसको मृत्यु भइसकेको छ । विजय एक मात्र भाई बाँकी थियो । उसकी ८ महिनाको एक छोरी छ । यसरी प्रहरीले बन्स बिनास पार्नेगरी हत्या गर्छन् । अनी हत्यालाई ढाकछोप गर्छन् ।

जनताले अब कोसँग विश्वास गर्ने रु त्यसैले राज्यले जबसम्म प्रहरीको हातमा दिएको कानुनी अधिकार खोस्दैन तबसम्म राज्यमा भइरहेको बैधानिक अपराधीलाई न्युनिकरण गर्न सकिदैन । यसर्थ राज्यले प्रहरी संगठनालई स्वच्छ छविको बनाउनुछ भने विजय रामको हत्यामा संलग्न डिएसपी लगायतलाई कार्वाही सहित जागिरबाट बर्खास्त गर्नुपर्छ नभए प्रहरी संगठनभित्र अपराध मौलाई रह्नेछन् ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *