सरकारले अकस्मात उडान रद्द गरेको परिणामः यूईएमै लिए रामसजीवनले अन्तिम श्वास

शेयर गर्नुहोस्

काठमाडौं। यूएईमा एक नेपालीको मृत्यु भएको छ। क्यान्सर रोगबाट पीडित रुपन्देहीका रामसजीवन केवतको मृत्यु भएको हो।बिरामी परेपछि उनले गत १७ अगष्टमा स्वदेश फर्किनका लागि नेपाल एयरलाइन्सको चार्टर्ड जहाजको टिकट लिएका थिए। तर, नेपाल सरकारले अकस्मात चार्टर्ड उडान रद्द गरेपछि उनी स्वदेश फर्किन पाएका थिएनन्। क्यान्सरबाट ग्रसित रामसजीवनले नेपाल फर्केर छोराछोरी र घरपरिवार भेट्ने आफ्नो अन्तिम इच्छा भएको बताउँदै आएका थिए। तर, हजाज रित्तो फर्किएपछि उनी उतै उस्ताएका छन्।अकस्मात सीसीएमसीले नेपालमा कोरोनाको संक्रमण बढिरहेको र विदेशबाट फर्किनेहरुका लागि आवश्यक क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै उडानहरु रद्द गरेपछि नेपाली ल्याउन दुबई पुगेको जहाज त्यहाँबाट रित्तै काठमाडौँ फर्किएको थियो। उनको यूएईको अलऐनको अस्पतालमा ज्यान गएको हो।

Source

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *