टाउको काटिएको अवस्थामा युवकको शव फेला

शेयर गर्नुहोस्

झापाको शिवसतासी नगरपालिकास्थित रतुवामाई बृक्षारोपण आयोजनाको जंगलभित्र बिभत्स हत्या गरिएको एक युवकको शव फेला परेको छ। आज बिहान फेला परेका शव वडा नम्बर ११ निवासी २८ वर्षीय गोमनसिंह मगरको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए।

मंगलबार साँझदेखि हराएका उनलाई जंगलभित्र लगेर कसैले हत्या गरेको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ। उनको धारिलो हतियारले टाउको छिनाएको र शरीरका विभिन्न भाग काटिएको अवस्थामा छ। संघीय प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुरसमेत ल्याएर अभियुक्तको खोजी गरिरहेको प्रवक्ता थापाले बताए।

उनको शव पोस्टमार्टमका लागि धरानस्थित विपी मोमोरियल अस्पताल पठाइएको छ।

READ ALSO ताजा समाचार 

शेयर गर्नुहोस्
हाम्रो अफिसियल पेज फलो गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *