देश विदेश

‘सुशान्तले आत्महत्या गरेको नभइ हत्या भएको हो, मुम्बइ पुलिसले जानकारी लुकाएको थियो’

शेयर गर्नुहोस्

मुम्बइ। अभिनेता सुशान्त सिंह राजपुत केसमा हरेक दिन नयाँ ट्वीस्ट आइरहेको छ । अब सुशान्तको परिवारका वकिल विकास सिंहले दावी गरेका छन् कि सुशान्तको परिवारले उनको हत्या भएको विश्वस गरेका छन् । विकास सिंहले स्पष्ट शब्दमा यसलाई हत्याको केस बताएका हुन् । उनले मुम्बइ पुलिसको कार्यशैली र जाँचमाथि पनि प्रश्न उठाएका छन् ।

विकास सिंहले मिडियासँग कुरा गर्दै मुम्बइ पुलिसले आफूलाई वा सुशान्तको परिवारलाई कुनै पनि किसिमको स्टेटमेन्ट नदिएको बताएका छन् । उनका अनुसार यदि पुलिसको तर्फबाट पहिल्यै सबै जानकारी साझा गरिएको भए यो केस अलग दिशामा अगाडि बढिरहेको हुन्थ्यो ।

विकासले स्टेटमेन्टको भाषामाथि पनि प्रश्न उठाएका छन् । विकास सिंहले यो कुरामा पनि आपत्ति जनाएका छन् कि मुम्बइ पुलिसले जो स्टेटमेन्ट जारी गरेको थियो त्यो मराठी भाषामा थियो ।

विकासका अनुसार सुशान्तको परिवारले मराठी भाषा बुझ्दैनथे तर पुलिसले यही स्टेटमेन्टलाई सीलबन्दी गरेर सर्वोच्च अदालतमा पेश गरेको थियो । विकास सिंहका अनुसार पहिले यस्तो लागिरहेको थियो कि सुशान्तलाई आत्महत्या गर्नको लागि उक्साइएको थियो ।

यसको बारेमा पटनामा दर्ता गरिएको एफआइआरमा पनि उल्लेख गरिएको थियो । तर, अब परिवारले पनि मान्न थालेका छन् कि यो केस केवल उक्साएको होइन । उनीहरुको नजरमा सुशान्तको हत्या गरिएको हो ।

केही समयअघि सुशान्तका पिताले पनि एक बयानमा सुशान्तलाई विष दिएर मारिएको बताएका थिए । उनले आफ्ना छोराका सबै दोषीहरुलाई सजायको माग गरेका थिए । त्यतिबेला विकास सिंहले सुशान्तका पिताको बयानमा कुनै प्रतिक्रिया दिका थिएनन् तर अब विकासले पनि सुशान्तको हत्या गरिएको दावी गरेपछि यो केसको पूरै समीकरण नै बदलिएको मानिएको छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *