देश विदेश

यी हुन् टाउको लिएर प्रहरीमा आत्मसमर्पण गर्न आएका अभियुक्त

शेयर गर्नुहोस्

धादिङ भाद्र १९ । धादिङको नीलकण्ठ नगरपालिका १३ स्थित खल्चेतमा बिहिबार एक ६५ वर्षिय पुरुषलाई हत्या गरि टाउको लिएर प्रहरीमा आत्म समर्पण गर्न आएका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

साङ्कोष निवासी वर्ष ६५ का सोम बहादुर गुरुङलाई धारिलो हतियारले हत्या गरेका, साङ्कोस खल्चेत निवासी वर्ष २६ का राजु परियारलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

अभियुक्त राजु परियार फोटो: धादिङ पोस्ट

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, नीलकण्ठ १३ खल्चेत स्थितमा डिल बहादुर गुरुङको घरमा घेवाको निम्तो मानी घर फर्कने क्रममा बाहुन धारा खोल्सा र मनरुपी मन्दिरको कच्ची सडकमा प्रतिवादी राजु परियार र मृतक सोम बहादुर गुरुङ बीच भेट भई वादविवाद समेत हुँदा राजु परियारले आफ्नो घरमा गई झोला र खुर्पा ल्याई सोही स्थानमा खुर्पाले घाटीमा प्रहार मृतकको टाउँको मात्र झोलामा राखी जिल्ला प्रहरी कार्यालय धादिङमा आएका थिए ।

श्रोत: धादिङ पोस्ट

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *