देश विदेश

करेन्ट लागेर दुबै हात गुमाएका मानबहादुरको उपचारमा समस्या, सहयोगका लागि अपिल

शेयर गर्नुहोस्

धनगढी, काठमाडौं । झण्डै एक महिनाअघि करेन्ट लागेर दुबै हात गुमाएका कैलालीका एक युवकको आर्थिक अभावका कारण उपचार प्रभावित भएको छ । करेन्ट लागेर दुबै हात गुमाएका धनगढी उपमहानगपालिका–३ विशालनगरका ३१ वर्षीय मान बहादुर बस्नेत (मनोज) को उपचार आर्थिक अभावका कारण हुन नसकेको हो ।

अहिलेसम्म झण्डै १२ लाख खर्च गरिसकेका उनको उपचारमा अझै २५ लाख जति खर्च लाग्ने भएपछि आर्थिक सहयोगको अपिल गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० स्थायी घर भएका मानबहादुरको गएको साउन १३ गते धनगढी उपमहानगरपालिका–३ विशालनगरमा फलामको काम गदै गर्दा करेन्ट लागेर पूरै शरीर जलेको थियो । धनगढीको स्थानीय मायामेट्रो अस्पतालमा प्राथमिक उपचार गरिएपनि थप उपचार सम्भव नभएपछी काठमाडौं रिफर गएिका उनको अहिले काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बस्नेतको उपचारकै क्रममा दुई वटै हात काटिएको छ । ग्रिल व्यवसाय सञ्चालन गरेर श्रीमती र दुई छोराछोरीको लालनपालन गर्दै आएका बस्नेतको उपचारका क्रममा घरसमेत बेच्नुपरेको छ । गिरीले अझै उपचारमा २० देखि २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको भन्दै सहयोगको अपिल गरेका छन् ।

मानबहादुर बस्नेत र कुमारी बिन्दु बोहराका नाममा एनआईसी एशिया धनगढीमा रहेको ३८५४४५९७२९५२४००१ मा रकम जम्मा गरेर सहयोग गरिदिन देशविदेशमा रहेका नेपाली तथा संघ संस्थाहरुलाई उनले आग्रह गरेका छन् । ताप्लेजुङ सुकेटार घर भइ हाल जर्मनी बस्दै आएका मनकारी व्यक्ति कालीदास तिवारीले ५३ हजार चार सय एक रुपैयाँ सहयोग गरेको भन्दै उनले आभार व्यक्त गरेका छन् ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *