देश विदेश

अस्ट्रेलियाको मेलवर्नमा दुई हप्ताका लागि थपियो लकडाउन

शेयर गर्नुहोस्

काठमाडौं, एजेन्सी । अस्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको भन्दै लकडाउन दुई हप्ताका लागि थप गरिएको छ । मेलबर्नका अधिकारीहरुका अनुसार कोभिड–१९ को नयाँ केसहरु अझै नघटेका कारण कडा खालको लकडाउन दुई हप्ता थप गरिएको हो ।

भिक्टोरिया राज्यका प्रमुख ड्यानिएल एण्ड्रयूले सेप्टेम्बर २८ सम्म मेलबर्गनमा लकडाउन लागु हुने बताएका छन् । अक्टोबरदेखि क्रमवद्ध रुपमा प्रतिबन्ध फुकुवा गरिने उनले जानकारी दिए । अस्ट्रेलियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहरको इपिसेन्टर भिक्टोरिया राज्य बनेको छ । कोभिड–१९ बाट अस्ट्रेलियाका मृत्यु भएका ७५३ जनामध्ये ९० प्रतिशत भिक्टोरियाका छन् । अस्ट्रेलियामा हालसम्म २६ हजारभन्दा बढी संक्रमित पहिचान भएका छन् ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *