देश विदेश

ब्रिजवेनको भुटानी फुटबल क्लबलाई नेपाली ममको साथ

शेयर गर्नुहोस्

ब्रिजवेन/भुटानी समुदायमा फुटवलको विकास गर्न सघाउने उदेश्यले ब्रिजवेनको ८८४८ मम हाउसले तीन वर्षसम्म आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
ब्रिजवेनको भुटनिज नेपलिज एशोसियसन कुइन्सल्याण्ड फुटवल क्बल बिएनएक्यु एफसिलाई वर्षको ५ हजार डलरको दरको आर्थिक सहयोग गर्ने घोषणा गरेको ८८४८ का संचालक होम प्यासीले जानकारी दिनुभयो । यो रकमले प्रशिक्षणका लागि मैदान र बत्तिको शुल्क तिर्न, जर्सी किन्न र अन्य खेलकुद सामाग्रीका लागि खर्च गरिने क्लबका प्रशिक्षक रबिन राईले बताउनुभयो ।
आइतबार ब्रिजवेनको एक खेल मैदानमा कार्यक्रम गरि ८८४८ ले जर्सी उपलब्ध गराउदै सहयोगको घोषणा गरेको हो । सन् २०११ मा स्थापना भएको यो क्लबमा ३० जना खेलाडी छन् । शरणार्थीका रुपमा नेपालमा बसोबार गर्दै आएका भुटानीहरु केही वर्षदेखि तेस्रो मुलुकमा स्थानान्तरण हुने क्रममा अष्ट्रेलिया आइपुगेका हुन् । ब्रिजवेनमा मात्रै भण्डै ३ सयको हाराहारीमा भुटानीहरु बसोबास गर्दै आएका छन् । भुटानी समुदायका युवाहरुलाई खेलकुदमा सक्रिय गराउनका लागि फुटबल क्लब स्थापना गरिएको प्रशिक्षक राईले जानकारी दिनुभयो । यो क्लबले अष्ट्रेलियामा हुने विभिन्न स्थानिय लिगहरुमा सहभागी हुदै आएको छ ।
क्लबका खेलाडीहरु हाल हप्ताको चार दिन अभ्यास गर्दै आएका छन् । फुटबल मैदानमा अभ्यास गरेको घण्टाको हिसाबले भाडा तिर्नुपर्छ । साझको समयका बत्ति बालेको समेत गरेर घण्टाको ५५ डलर शुल्क तिर्नुपर्ने राईको भनाई छ । ८८४८ को आर्थिक सहयोगले खेलाडीहरुको अभ्यासका लागि मैदानको शुल्क तिर्न सहज हुने प्रशिक्षक राईले बताउनुभयो ।
नेपाली समाजबाट आएको सहयोगले क्लबका खेलाडीहरु थप उत्साहीत भएको तथा फुटवलमा अझै राम्रो गर्ने हौसला मिलेको प्रशिक्षक राईले बताउनुभयो ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *