देश विदेश

पर्यटन क्षेत्रमा कोरोना प्रभाव : पुरानै अवस्थामा फर्किन पाँच वर्ष लाग्ने

शेयर गर्नुहोस्

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने आँकलन गरिएको छ । विज्ञहरुले कोरोना भाइरसको संक्रमण अझै कति समय लम्बिने निश्चित नभएका कारण पर्यटन क्षेत्रमा यसको प्रभाव समेत लामो समय रहने दाबी गरेका हुन् ।

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने दाबी गरेका छन् । उनले अहिलेको अवस्थामा पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै तत्काल ठुलो संख्यामा पर्यटक आउने अवस्था नरहेको उनको दाबी थियो । पर्यटन क्षेत्रमा केही नयाँ आविश्कार गर्न नसके पर्यटक भित्र्याउन मुस्किल हुने कतिपय सरोकारवालाको दाबी छ । कोरोनाका कारण पर्यटन क्षेत्रका व्यवसायीमा समेत डर र अनिस्चितता बढेको छ । अब डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई कसरी निरन्तरता दिने भन्नेबारे सरकारले समेत गृहकार्य थालेको छ । होटेल व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य समेत कोरोनाका कारण पर्यटन क्षेत्रले अहिलेसम्मकै ठुलो समस्या र क्षती ब्यहोर्नुपरेको बताउँछन् ।

पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन पाँच वर्ष लाग्ने उनको दाबी छ । सन् २०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार नआउन व्यवसायी तथा यस क्षेत्रका जानकारहरुले नै आँकलन गर्न थालेका छन् । पर्यटन क्षेत्रलाई जीवन्द राख्न सरकार र निजी दुबै क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक छ । अहिलेकै अवस्थामा पर्यटक भित्राउन व्यवसायी तयार रहेपनि सहज वातावरण रहेको प्रत्याभुत गराउन र अनुकुल वातावरण मिलाउन राज्य तयार भएको देखिदैन । पर्यटक भित्रने अवस्थामा विमानस्थल भित्र उनीहरुको व्यवस्थापन गर्न समेत निजी क्षेत्र तयार रहेको पर्यटन वर्ष २०११ का संयोजक शाक्यले जानकारी दिए । उनले संकटको समयमा कर्मचारीको तलब, बैंकको ऋण र घर भाडा कटौती नगरे पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन समस्या पर्ने उनको दाबी छ । विज्ञ र व्यवसायीले संकटका बीचमा पनि अब गतिविधिलाई अगाडि बढाउनुको विकल्प नभएको भन्दै नेपाल पनि त्यसका लागि तयार रहनुपर्ने सुझाव दिएका छन् ।

संसारका धेरैजसो मुलुकले क्रमशः विमानस्थल र बोर्डर खुला गर्न थालिसकेका छन् । कतिपय मुलुकमा पर्यटकीय उत्पादनसमेत खुल्न थालेका छन् । यस्तो स्थितिमा स्वास्थ्य सुरक्षाको पालना गर्दै गतिविधिहरु संचालनमा जानुको विकल्प देखिदैन । तर सरकार निषेधाज्ञा र लकडाउनबाटै कोरोना निर्मूल हुने जसरी बन्दाबन्दीको विकल्पको खोजीमा अग्रसर देखिएको छैन । आवश्यक सावधानी, सुरक्षा मापदण्डको कडाईका साथ पालना गराएर आर्थिक, सामाजिक तथा पर्यटन क्षेत्रका गतिबिधिलाई सुचारु नगर्ने हो भने हाम्रो अर्थतन्त्र थप सिथिल हुनेछ । भौतिक दूरी अनिवार्य पालना गराएर स्वास्थ्य सावधानीका मापदण्डको कार्यान्वय सहितको सहज सेवाका लागि अर्थविद्ले सरकारले वारम्बार सुझाब दिदै आएका छन् ।

नेपालको पर्यटन बारे कोरोना कहर कम हुँदै गरेका देश र त्यहाँका नागरिकले चासो देखाएर नेपाल घुम्न आउने इच्छा देखाइरहँदा समेत हामीले स्वागत गर्ने वातावरण बनाउन सकेका छैनौँ । कतिपय पर्यटन व्यवसायीहरुले पीसीआर परिक्षण मार्फत सुरक्षित एकिन भएका व्यक्तिहरुले नेपालमा स्वागत गरेर सुरक्षित तरिकाले नेपाल घुमाउन सकिने भन्दै नीजि क्षेत्र र सरकारको सहकार्यको खाँचो समेत औँल्याएका छन् ।


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *