देश विदेश

बेलायतमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थाल्यो

शेयर गर्नुहोस्

लन्डन । बेलायतमा पछिल्ला केही हप्ता यता कोभिड १९का संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ ।

बेलायतमा कोरोनाका संक्रमितहरु पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका र आजसम्म यहाँका संक्रमितहरुको संख्या ३ लाख ५२ हजार ५२० जना पुगेको छ ।

यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५८४ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकोकले मंगलबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताएका छन्।

लन्डनमा कोभिड १९को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।बेलायतमा कोभिड १९ को महामारी फेरि बढ्न सक्ने खतरा देखिएको उनले बताए। यहाँ सोमबार र आइतबार २ हजार ९०० भन्दा बढी संक्रमित थपिएका थिए ।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *