देश विदेश

कंगना एक वुमन वारियर्स : जसले हल्लाउँदैछिन् भारतीय राज्यसत्ता

शेयर गर्नुहोस्

काठमाडौं। भारतीय बलिउड अभिनेत्री कंगना रनोट बुधबार दिनभर चर्चामा रहिन्। त्यसो त उनी बलिउड अभिनेता सुशान्त सिंह राजपुतको शंकास्पद आत्महत्यापछि चर्चामा आइरहिन्। बलिउडमा नेपाटिज्मलाई लिएर उनले बलिउडहका हस्तीहरुकै कारण राजपुतले संसार छोडेको भनिररहेकी छन्। उनले त राजपुतको मृत्युलाई प्लान्ड मर्डरसमेत भनेकी थिइन्। उनको यही योद्धामा हुने स्वभावले बलिउडमा उनलाई सफलताको शिखरमा पुर्याएको छ।

तर, पछिल्लो दिनहरुमा कंगना कलाकारिताभन्दा पनि राजनीतिक विषयले चर्चाको शिखरमा रहेकी छन्। कोरोना महामारीका कारण आफ्नो जन्म थलो भारतको हिमाचल प्रदेशमा रहेकी कंगना बुधबार कर्मथलो मुम्बई पुगिन्। उनी बुधबार मुम्बई पुग्नुअघि बीएमसीले उनको मुम्बईस्थित कार्यालय भवन अवैधानिक रहेको भनेर बुलडोजर लगाएर भत्काइदियो।
यसरी बीएमसीले उनको कार्यालय भवन भत्काएपछि उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश पोस्ट गरिन्। उनले सन्देशमा महाराष्ट्रका मुख्यमन्त्रीलाई चुनौति दिइन्। उनले भनिन्, ‘आज मेरो घर भत्किएको छ, भोली तेरो घमण्ड तोडिने छ।’ महाराष्ट्रको सत्तारुढ दल शिवसेनाका नेता सञ्जय राउतसँगको सामाजिक सञ्जालको विवाद चर्केर मंगलबारसम्म आइपुग्दा उनको घरसमेत भत्किने अवस्थामा पुग्यो।

यी घटनाका पछाडी कंगनाको एक ट्वीट छ। राजपुत आत्महत्या प्रकरणमा निकै पर्खर भएर अभिव्यक्ति दिइरहेकी उनले एक दिन ट्वीटरमा मुम्बईले पीओके (पाकिस्तान अकुपाइन्ड कश्मीर)को जस्तै फिलिङ्ग्स दिइरहेको बताइन्। त्यसको जवाफमा शिवसेना नेता राउतले उनलाई ‘हरामखोर’ भनिदिए। त्यसपछि विवाद बढ्दै जाँदा कंगनाले ट्वीटरमार्फत शिवसेनालाई चुनौति दिइन्। उनले भनिन्, ‘म नौ तारिखममा मुम्बई आउँदै छु। के हुन्छ हेरौंला।’ बुधबार सेप्टेम्बर ९ मा उनी हिमाचलबाट मुम्बई पुगिन्। शिवसेनाको नेतृत्वमा रहेको बीएमसीले उनको घर भत्काइदियो।

बीएमसीले कंगनाको घर भत्काएपछि यो विवाद कंगना र राउतबीचको मात्र रहेन। यो विवाद राजनीतिक बन्न पुगेको छ। घर भत्किएपछि महाराष्ट्रमा गठबन्धन सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा शिवसेनाका प्रमुख उद्धव ठाकरेले सत्ता साझादार राष्ट्रवादी काँग्रेसका प्रमुख शरद पवारसँग छलफल गरेका छन्। उनीहरुबीच लामो छलफल चलेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। छलफलमा मुख्यमन्त्री ठाकरेले कंगनाको घर भत्किनुमा राज्य सरकारको कुनै भूमिका नभएको भनेर प्रष्टिकरण दिनुपरेको भारतीय सञ्चार माध्यमहरुले भनेका छन्। राष्ट्रवादी काँग्रेसका प्रमुख पवारले कंगनाको विषयमा उल्झिन नहुने बताएका छन्।

यसअघि बुधबार बिहान अर्को सत्ता साझेदार भारतीय काँग्रेसले यो विवादमा आफ्नो कुनै सम्बन्ध नरहेको भन्दै यो समय विवाद बढाउने नभएको बताएको थियो।

कुरा महाराष्ट्रमामात्र सिमित छैन। यो विषय भारतीय राजधानी दिल्लीमासमेत पुगेको केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले यही विषयलाई लिएर शिवसेना तथा महाराष्ट्र सरकारमाथि आक्रामक बयानहरु दिन शुरु गरेको छ। भाजपना प्रवक्ता सांवित पात्राले एक भारतीय टेलिभिजनको डिबेडमा भाग लिँदै महाराष्ट्र शिवसेनाकोमात्र नभएको प्रतिक्रिया दिएका छन्। उनले महाराष्ट्र सबै भारतीयको भन्दै शिवसेनालाई महाराष्ट्र आफ्नै जस्तो भएको नठान्न चेतावनीसमेत दिएका छन्।

गएको विधानसभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भए पनि भाजपा बहुमत पुर्यान नसकेपछि सत्ताबाट बाहिरिएको छ। भाजपासँग गठबन्धन गरेर चुनाव लडेको शिवसेनाले काँग्रेस आई र राष्ट्रवादी काँग्रेससँग मिलेर सरकार बनाएको छ। त्यसैले शिवसेनाको आलोचना गर्ने समय कुरेर बसेको भाजपालाई कंगना एक बाहाना भइदिएकी छन्। बुधबार दिनभरको घटनाक्रमले कंगनाले भारतीय राजनीति नै हल्लाइदिएको आभार दिएको छ।

त्यसो त कंगना बलिउडमा संघर्ष गरेर सफल भएकी एक अब्बल कलाकार हुन्। उनले बलिउडमा फेसन फिल्ममाफर्त इन्ट्रि गर्दा उनी १६ वर्षकी मात्र थिइन्। पहिलो फिल्मबाटै चर्चा बटुल्न सफल उनले हिरोमा आधारित बलिउडलाई नै परिवर्तन गरेर हिरोइनमा आधारित फिल्म सफल बनाएर देखाइदिइन्। तनु वेड्स मनु, रानी, मणिकर्णिका द क्वीन अफ  झाँसी यसकै उदाहरण हुन्। जसले कंगनालाई एक वुमन वारियर्स बनाउँछन्। (विभिन्न भारतीय सञ्चार माध्यमको सहयोगमा)


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *