देश विदेश

कुवेतमा अवैध मदिरा बनाएर बेच्ने थप ८ नेपाली पक्राउ, हप्तामा १ दर्जन नेपाली समातिए

शेयर गर्नुहोस्

काठमाडौं। कुवेतमा त्यहाँको प्रशासनले अवैध मदिरा उत्पादन गर्ने गिरोहविरुद्ध ठूलो कारवाही थालेको छ । यससँगै त्यहाँ ठूलो संख्यामा नेपालीहरु पक्राउ पर्न थालेका छन् । पछिल्लो एक हप्तामा त्यहाँ अवैध मदिरा उत्पादन र बिक्री वितरणमा संलग्न एक दर्जन नेपाली पक्राउ परिसकेका छन् । पछिल्लो पटक बुधबार ८ जना नेपाली पक्राउ परेका हुन् ।

यसअघि सेप्टेम्बर २ मा २ जना नेपाली पक्राउ परेका थिए । अवैध मदिरा लिएर बिक्रीका लागि हिँडेका उनीहरु पक्राउ परेपछि पुलिसले अवैध मदिरा उत्पादन र बिक्री विरुद्ध अभियान नै थालेको थियो । यसपछि सेप्टेम्बर ७ मा पुलिसले पुनः अवैध मदिरा उत्पादन कारखानामा छापा मारेर ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका २ महिलासहितका ४ जना नेपाली र भारतीय थिए ।

उनीहरुको अवैध मदिरा उत्पादक कारखानामा दशौं हजार बोतल मदिरा उत्पादन गर्न पुग्ने कच्चा पदार्थ बरामद भएको थियो र यसलाई स्थानीय प्रशासनले अवैध मदिराविरुद्ध सबैभन्दा ठूलो कारवाही भनेको थियो । लगत्तै बुधबार त्यहाँका सुरक्षा निर्देशनालयका महानिर्देशक मेजर जनरल सलेह मातार र उनको डेप्युटी ब्रिगेडियर जनरल वालिद अल शेहाबको नेतृत्वमा गएको टोलीले ८ जना नेपालीलाई पक्राउ गरेको हो ।

महबुलामा रहेका ३ वटा अपार्टमेन्टमा छापा मार्ने क्रममा ती अपार्टमेन्ट मदिरा उत्पादन गर्ने कारखानामा परिणत गरिएको पाइउको थियो । सुरक्षाकर्मीेले ठूलो परिमाणमा बिक्रीका लागि ठिक्क पारिएका तयारी मदिराका बोतल, मदिरा उत्पादन गर्ने उपकरण र कच्चा पदार्थ जफत गरेको छ । त्यहाँबाट ८ जना नेपाली पक्राउ परेका छन् । पुलिसले त्यहाँ भइरहेको गैरकानुनी कामबारे बलियो सूचना पाएपछि त्यहाा छापा मारेको थियो ।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *