देश विदेश

स्विडेन क्रिकेटको मुख्य प्रशिक्षकमा जोन्टी रोड्स

शेयर गर्नुहोस्

काठमाडौं । नेपाली क्रिकेट लगायत विश्व क्रिकेटमै चर्चित रहेका जोन्टी रोड्सले अब स्विडेन क्रिकेटको कमान सम्हाल्ने भएका छन । हाल आईपीएलको फ्रेन्चाईज टोली किंग्स इलावेज पञ्जावको फिल्डिङको प्रशिक्षकका रुपमा काम गरिरहेका जोन्टी स्विडेन क्रिकेटको मुख्य प्रशिक्षकमा नियुत्त भएको स्विडेन क्रिकेटले जनाएको छ ।

स्विडेन क्रिकेटले दक्षिण अफ्रिका क्रिकेटका लागि १० बर्ष बिताएका जोन्टीलाई मुख्य प्रशिक्षकका रुपमा भित्रयाउन पाउदा खुशी लागेको र जोन्टीको प्रशिक्षणमा स्विडेन क्रिकेट अब अन्तराष्ट्रिय क्रिकेटमा अगाडि बढने आशा ब्यक्त गरेको छ । स्विडेन क्रिकेटको सदस्य हुन पाएकोमा जोन्टीले खुशी ब्यक्त गर्दे नयाँ ठाउ तथा नयाँ वातावरणमा क्रिकेटलाई अगाडि बढाउन आफुले हरसमय प्रयास गर्ने बताएका छन । उनले आफुमा भएका ज्ञान र एनर्जिलाई नयाँ वातावरण सहि तरिकाले उपयोग गर्ने बताए ।

दक्षिण अफ्रिकाका लागि ५२ टेष्ट र २४५ एकदिवसिय खेल खेलेका जोन्टीले धनगढी प्रिमियर लिगका बेला नेपाल पनि आएका थिए । साथै उनले यू १९ टिमका खेलाडीलाई प्रशिक्षण पनि दिएका थिए । विश्व क्रिकेटमा जोन्टी फिल्डिङमा नयाँ माइलस्टोन खडा गर्ने खेलाडीका रुपमा पनि परिचित छन ।


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *