देश विदेश

भारतमा कोरोनाबारे यस्तो हल्ला फैलिएपछि स्वास्थ्यकर्मीलाई लखेट्न थालियो

शेयर गर्नुहोस्

भारतको पञ्जाबमा गलत हल्ला फैलाइएपछि स्थानीयले कोरोना परीक्षण बहिष्कार गर्दै स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीलाई लेखट्न थालेका छन्।  बिबिसी हिन्दीका अनुसार पञ्जाबका ग्रामीण क्षेत्रमा ‘कोरोना त एउटा बहाना हो, वास्तवमा  मानिसका अंग निकालेर बेचिन्छ’ भन्ने भ्रम फैलाइएको हो। जसले गर्दा मानिस कोरोना जाँच गर्नै डराउन थालेका हुन्।

पञ्जाबको संगरुर जिल्लाकी बासिन्दा सोनिया कोर भन्छिन्, ‘मानिसका अंगको तस्करी भइरहेको छ, सबैतिर यही हल्ला छ। सामाजिक सञ्जालमा पनि यस्तै खबर आइरहेका छन्।’यही अफवाहका कारण पञ्जाबका कतिपय गाउँमा विरोध प्रदर्शन गर्ने तथा स्वाब संकलन गर्न आउने स्वास्थ्यकर्मीलाई लखेट्ने गर्न थालिएको छ।

माथि उल्लिखित सोनियाको गाउँमा नमुना संकलन गर्न आएको स्वास्थ्यकर्मीको टोलीलाई गाउँमा पस्नेबित्तिकै स्थानीयले ‘हामी कोरोना परीक्षण चाहिएको छैन’ भन्दै लखेटेको समाचार बिबिसी हिन्दीले लेखेको छ।

पञ्जाबका स्वास्थ्यमन्त्री बलवीर सिंह सिद्धले यस्तै अफवाहका कारण कोरोना संक्रमणबाट मृत्यु हुने क्रम नरोकिएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘शवलाई बाँधेर अन्तिम संस्कारका लागि पठाइन्छ। अंग निकाल्ने त सवालै हुँदैन।’

पञ्जाबमा यस्ता अफवाह फैलिनु नयाँ कुरा नभए पनि पछिल्लो समय भने कोरोना परीक्षणकै विरोध गर्न थालिएको छ। जसका कारण कोरोना नियन्त्रण गर्ने सरकारको प्रयास प्रभावकारी हुन नसकेको बताइएको छ।  पछिल्लो केही हप्तायता पञ्जाबमा कोरोना संक्रमण लगातार बढिरहेको छ। कोरोनाबाट मृत्यु हुने क्रम बढ्नाको मुख्य कारण परीक्षणमा बाधा नै यसको कारण भएको त्यहाँका अधिकारीले बताएका छन्।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *